संघीय संसदका दुवै सदनको बैठक आज बस्दै, बजेटमाथि छलफल जारी, राष्ट्रिय सभामा अर्थमन्त्री महतले जवाफ दिने
वि.सं.२०८० जेठ २६ शुक्रवार ०७:२०
1.9K
shares
काठमाडौं: संघीय संसदका दुवै सदनको बैठक आज बस्ने भएको छ । संघीय संसद भवन, बानेश्वरमा प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक ११ बजेर ३१ मिनेटमा सुरु हुनेछ ।
आजको बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि बोल्न बाँकी सांसदमा छलफल भाग लिनेछन् । गत जेठ १५ गते अर्थमन्त्री प्रकाश शरण महतले पेस गरेको बजेटमाथि छलफल चलिरहेको छ ।
यसैबीच राष्ट्रिय सभामा अर्थमन्त्री डा. प्रकाशशरण महतले आज जवाफ दिने भएका छन् । बिहान ११ बजेर ३१ मिनेटमा सुरु हुने बैठकमा आर्थिक वर्ष २०८०-८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि को छलफलमा भाग लिइसकेपछि अर्थमन्त्रीले उठेका प्रश्नहरुको जवाफ दिने कार्यसूची सार्वजनिक गरिएको छ ।
संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले जारी गरेको आजको बैठकको सम्भावित कार्यसूचीमा अर्थमन्त्री महतले जवाफ दिने उल्लेख छ ।
वि.सं.२०८० जेठ २६ शुक्रवार ०७:२०



















