YouTube Link

उज्वेकिस्तानलाई हराउँदै नेपाल तेस्रो बन्यो

Facebook Link

 

काठमाडौं: काभा महिला भलिबल च्यालेन्ज कप प्रतियोगितामा नेपालले उज्वेकिस्तानविरुद्ध ३-१ सेटको जित निकाल्दै तेस्र भएको छ ।

 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा भएको खेलमा अघिल्ला दुई संस्करणको विजेता नेपाल यस पटक उज्वेकिस्तानलाई हराउँदै तेस्रो हुन सफल भएको हो ।

 

पहिलो सेट २०-२५ ले गुमाएको नेपालले त्यसपछिका तीन सेटमा लगातार जित निकाल्दै खेल आफ्नो पक्षमा पारेको हो । दोस्रो सेटमा २५–१६ को सहज जित निकालेको नेपालले तेस्रो सेटमा २५–१५ को सहज जित निकाल्यो ।

 

चौथो तथा अन्तिम सेटमा २५–१३ को सहज जित निकाल्दै नेपाल च्यालेन्ज कपमा तेस्रो भएको हो । पराजित उज्वेकिस्तान चौथो भयो । यसअघि दुई संस्करणको विजेता नेपाल सेमिफाइनल भिडन्तमा काजकस्तानसँग हारेको थियो । त्यसबेला नेपाल ३–२ को सेटमा पराजित हुँदै उपाधिमा ह्यट्रिक यात्राबाट चुकेको थियो ।

 

नेपालसँग पनि पराजित उज्वेकिस्तान अघिल्लो संस्करणको उपविजेता हो । उसलाई भारतले यसअघिको सेमिफाइनल भिडन्तमा ३–० को सोझो सेटमा हराएको थियो ।

 

नेपालले यसअघि पनि उज्वेकिस्तानलाई हराएको थियो । अघिल्लो वर्ष बंगलादेशमा भएको दोस्रो सेन्ट्रल जोनको फाइनल भिडन्तमा नेपालले ३–२ को सेटसहित उपाधि चुमेको थियो ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

वि.सं.२०८३ साउन २० बुधवार १४:४४

काठमाडौं: नेपाल सरकार मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विभिन्न क्षेत्रसँग सम्बन्धित...

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

वि.सं.२०८३ साउन १९ मंगलवार १४:२०

हेटौंडा: बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहबीच आपसी...

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...