YouTube Link

कजाकस्तानलाई ३–० को सोझो सेटमा हराउँदै भारतले जित्यो काभा महिला भलिबलको उपाधि

World Cup 2026
Facebook Link

 

काठमाडौं: काभा महिला भलिबल च्यालेन्ज कपको उपाधि भारतले जितेको छ । राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आइतबार भएको फाइनल खेलमा कजाकस्तानलाई ३–० को सोझो सेटमा हराउँदै भारतले उपाधि जितेको हो ।

 

पहिलो सेट २५-१५ ले जितेको भारतले प्रतिस्पर्धात्मक दोस्रो सेटमा काजकिस्तानलाई २५-२२ ले पछि पार्‍यो । प्रतियोगितामा बलियो मानिएको काजकिस्तान त्यसपछि कुनैपनि समय खेलमा फर्किन सकेन । तेस्रो सेट १८-२५ ले गुमाउँदै उपाधि भारतलाई सुम्पियो ।

 

जारी प्रतियोगितामा भारतले सेमिफाइनलमा उज्वेकिस्तान र काजकिस्तानले नेपाललाई हराउँदै फाइनल पुगेका थिए । भारतले जारी प्रतियोगितामा अपराजित रहँदै उपाधि उचालेको हो ।

 

 

​घरेलु टोली नेपालले भने तेस्रो स्थानमा चित्त बुझाएको छ । त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा आजै भएको खेलमा उज्वेकिस्तानमाथि ३–१ को सेटमा जित निकाल्दै नेपाल तेस्रो बनेको हो ।

 

पहिलो सेट २५–२० ले गुमाएको नेपालले दोस्रो, तेस्रो र चौथो सेट आफ्नो पक्षमा पार्दै खेलमा पकड जमाएको हो । नेपालले दोस्रो सेट २५–१६, तेस्रो सेट २५–१५ र चौथो सेट २५–१३ ले जित निकाल्दै तेस्रो स्थान सुरक्षित गरेको हो ।

 

जेठ ८ गतेदेखि सुरू भएको प्रतियोगितामा नेपालसहित ८ देशको सहभागिता थियो । हरेक ४ राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको थियो । समूह ‘ए’ मा नेपाल, भारत, कीर्गिस्तान र बंगलादेश थिए भने, समूह ‘बी’ मा माल्दिभ्स, श्रृलंका, उज्वेकिस्तान र काजकिस्तान थिए ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
थप राम्रो काम हुनैपर्ने सशस्त्र प्रहरी महानिरीक्षकको मान्यता, विपद् प्रतिकार्यको सम्पूर्ण तयारी

थप राम्रो काम हुनैपर्ने सशस्त्र प्रहरी महानिरीक्षकको मान्यता, विपद् प्रतिकार्यको सम्पूर्ण तयारी

वि.सं.२०८३ असार १४ आइतवार ११:२२

तस्वीरमा सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्याल...

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:३३

काठमाडौं । जारी फिफा विश्वकप २०२६ को रोमाञ्चक र कडा...

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:२०

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज पनि सूचना टासेर स्थगित भएको छ...

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:०९

काठमाडौं: जारी फिफा विश्वकप अन्तर्गत समूह 'ई' को आफ्नो अन्तिम...

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...