YouTube Link

कजाकस्तानलाई ३–० को सोझो सेटमा हराउँदै भारतले जित्यो काभा महिला भलिबलको उपाधि

Nepali Sena Suvakamana Dashain
Facebook Link

 

काठमाडौं: काभा महिला भलिबल च्यालेन्ज कपको उपाधि भारतले जितेको छ । राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आइतबार भएको फाइनल खेलमा कजाकस्तानलाई ३–० को सोझो सेटमा हराउँदै भारतले उपाधि जितेको हो ।

 

पहिलो सेट २५-१५ ले जितेको भारतले प्रतिस्पर्धात्मक दोस्रो सेटमा काजकिस्तानलाई २५-२२ ले पछि पार्‍यो । प्रतियोगितामा बलियो मानिएको काजकिस्तान त्यसपछि कुनैपनि समय खेलमा फर्किन सकेन । तेस्रो सेट १८-२५ ले गुमाउँदै उपाधि भारतलाई सुम्पियो ।

 

जारी प्रतियोगितामा भारतले सेमिफाइनलमा उज्वेकिस्तान र काजकिस्तानले नेपाललाई हराउँदै फाइनल पुगेका थिए । भारतले जारी प्रतियोगितामा अपराजित रहँदै उपाधि उचालेको हो ।

 

 

​घरेलु टोली नेपालले भने तेस्रो स्थानमा चित्त बुझाएको छ । त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा आजै भएको खेलमा उज्वेकिस्तानमाथि ३–१ को सेटमा जित निकाल्दै नेपाल तेस्रो बनेको हो ।

 

पहिलो सेट २५–२० ले गुमाएको नेपालले दोस्रो, तेस्रो र चौथो सेट आफ्नो पक्षमा पार्दै खेलमा पकड जमाएको हो । नेपालले दोस्रो सेट २५–१६, तेस्रो सेट २५–१५ र चौथो सेट २५–१३ ले जित निकाल्दै तेस्रो स्थान सुरक्षित गरेको हो ।

 

जेठ ८ गतेदेखि सुरू भएको प्रतियोगितामा नेपालसहित ८ देशको सहभागिता थियो । हरेक ४ राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको थियो । समूह ‘ए’ मा नेपाल, भारत, कीर्गिस्तान र बंगलादेश थिए भने, समूह ‘बी’ मा माल्दिभ्स, श्रृलंका, उज्वेकिस्तान र काजकिस्तान थिए ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वि.सं.२०८३ असोज ३० शुक्रवार १७:०४

गृहमन्त्री सुधन गुरुङले देशमा शान्ति-सुरक्षा कायम गर्ने एवम् अपराध नियन्त्रण...

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:४५

दशै नेपालीहरुको एक महत्वपूर्ण सांस्कृतिक पर्व हो । यसले असत्यमाथि...

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:०९

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित...

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

वि.सं.२०८३ असोज २७ मंगलवार १७:३१

काठमाडौं: नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि भएको चुनावमा...

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

वि.सं.२०८३ असोज २७ मंगलवार १५:५८

ओखलढुंगा: ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका वडा नम्बर ७ रावादोलुमा दुई दिने...

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

वि.सं.२०८३ असोज २७ मंगलवार १२:१८

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य खगेन्द्र...