YouTube Link

आजदेखि काठमाडौं महानगरभित्रका अव्यवस्थित तार हटाउँदै

Facebook Link

 

काठमाडौं: आजदेखि काठमाडौं महानगरपालिकाभित्रका क्षेत्रका अव्यवस्थित तार काट्ने कार्यको सुरु गरिँदैछ । महानगरपालिकाले विभिन्न  स्थानमा  रहेका अव्यवस्थित तार व्यवस्थित गर्न सुरु गर्न लागेको हो ।

 

महानगरको सौन्दर्य बढाउन तथा आगजनीको घटनालाई नियन्त्रण गर्न काठमाडौं महानगरपालिका, नेपाल दूरसञ्चार प्राधिकरण र इन्टरनेट सेवाप्रदायक प्रतिनिधिबीच आइतबार भएको बैठकको निर्णय अनुसार काठमाडौं महानगरभित्रका तार व्यवस्थित गर्न लागिएको हो ।

 

यसअघि काठमाडौं महानगरपालिकाले १५ दिनको समय दिएर वैशाख २७ भित्र तार व्यवस्थापन नगरे काटिदिने चेतावनी दिएको थियो ।

 

प्राधिकरणका अनुसार अव्यवस्थित तार हटाउन यस्तो ‘रुटिन’ प्लान’ बनाइएको छ :

– माइतीघरदेखि एयरपोर्ट

– त्रिपुरेश्वर देखि महाराजगञ्ज

– न्युरोड-वसन्तपुर हुँदै असन

– माइतीघर-पुतलीसडक हुँदै नारायणहिटी

– भद्रकाली-नारायणहिटी-कमलादी हुँदै रानीपोखरी

– डिल्लीबजार-अनामनगर हुँदै बीआईसीसी रिङ

– नक्साल-बालुवाटार हुँदै शीतल निवास

– माइतीघर-त्रिपुरेश्वर हुँदै कलंकी

– लैनचौर-अस्कल-रानिवारी हुँदै सामाखुसी

– सोह्रखुट्टे-ढल्को-ताहाचल हुँदै स्वयम्भू

– सिनामंगल-पुरानो बानेश्वर हुँदै गौशाला

– गौशाला-बौद्वनाथ

– कालिमाटी-कुलेश्वर हुँदै बल्खु

 

माथि उउल्लिखित रुटमा क्रमशः तार व्यवस्थित गरिने जानकारी दिँदै दूरसञ्चार प्राधिकरणले सबै सेवाप्रदायकलाई दैनिक रूपमा हुने तार व्यवस्थापन कार्यमा अनिवार्य सहभागिताका लागि आग्रह पनि गरेको छ ।

 

‘सेवा प्रदायकहरूको तारमा संस्थाको नाम वा अनुमतिपत्र नम्बर खुल्नेगरी तारमा ट्याग हुनुपर्ने बेहोरासमेत जानकारी गराइन्छ’, प्राधिकरणले भनेको छ, ‘तार व्यवस्थापन कार्यमा सेवाप्रदायक उपस्थित नभएमा वा सम्बन्धित सेवाप्रदायकको तार चिनिने ट्याग नभएको कारण तार काटिएमा वा हटाइएमा सोको जिम्मेवार स्वयम् सेवाप्रदायक नै हुने बेहोरा जानकारी गराइन्छ ।’

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...