YouTube Link

‘विश्वव्यापी स्वास्थ्य आपत्काल’को रूपमा कोभिड-१९ नरहेको डब्ल्यूएचओको घोषणा

Facebook Link

बीबीसी: विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोभिड-१९ अब ‘विश्वव्यापी स्वास्थ्य आपत्काल’को रूपमा नरहेको घोषणा गरेको छ ।

डब्ल्यूएचओले यस भाइरसलाई लिएर जारी गरेको सबैभन्दा उच्च तहको सतर्कता तीन वर्षपछि हटाएको हो । अधिकारीहरूका अनुसार कोभिडको साप्ताहिक मृत्युदर सन् २०२१ को जनवरीमा एक लाखभन्दा बढीको उच्च विन्दुबाट गत महिना साढे तीन हजारमा झरेको छ ।

डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस एड्हानोम गेब्रेयससले देशहरू अब आपत्कालको अवस्थाबाट उल्लेख्य रूपमा खतराको व्यवस्थापन गर्ने अवस्थामा प्रवेश गर्न सक्ने बताएका छन् । तर, उनले सबैभन्दा उच्च तहको सतर्कता हटाउने निर्णय गर्नुको अर्थ खतरा सकिएको भन्ने नरहेको बताउँदै अवस्था फेरिएमा आपत्कालीन अवस्थालाई पुनः ब्युँत्याउन सकिने बताए ।

‘बिहीबार आपत्कालीन समितिको १५औं बैठक बसेको थियो र त्यसले मलाई अन्तर्राष्ट्रिय चासोको जनस्वास्थ्य आपत्काल अन्त्यको घोषणा गर्न सिफारिस गर्‍यो । त्यसलाई मैले स्विकारेँ,’ डा. गेब्रेयससले भने, ‘त्यसैले मैले निकै आशाका साथ कोभिड– १९ विश्वव्यापी स्वास्थ्य आपत्कालका रूपमा सकिएको घोषणा गर्दछु ।’

कोरोना भाइरसका कारण झन्डै ७० लाख मानिसहरूको मृत्यु पुष्टि भएको बताउँदै उनले उक्त संख्या खासमा तीन गुणा बढी हुन सक्ने टिप्पणी गरे ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...