अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसाको रिजल्ट आज आउँदै
वि.सं.२०८० वैशाख २३ शनिवार १०:३६
2.3K
shares
काठमाडौं: अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (डिभी) को रिजल्ट आज राति आउँदै छ । अमेरिकी प्रशासनका अनुसार मे ६ अर्थात आज राति रिजल्ट सार्वजनिक हुन लागेको हो ।
यसअघि डिभी भर्दा आएको कम्फर्मेसन कोड नम्बरका आधारमा अमेरिका जाने चिट्ठा परेको थाहा हुनेछ । डिभीका लागि छनोटमा परे/नपरेको थाहा पाउनका सबन्धित वेभसाइटमा गएर आफ्नो कन्फर्मेसन नम्बर राख्नुपर्नेछ । त्यसैका आधारमा डिभी परे/नपरेको थाहा हुन्छ ।
वि.सं.२०८० वैशाख २३ शनिवार १०:३६



















