काभा नेसन्स लिगमा नेपालसहित ७ टोलीले सहभागिता जनाउने
वि.सं.२०८० वैशाख ७ बिहीवार ०८:५२
1.3K
shares
काठमाडौं: सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल नेसन्स लिगमा नेपालसहित ७ टोलीले सहभागिता जनाउने भएका छन् ।
किर्गिस्तानमा आयोजना हुने प्रतियोगितामा नेपालसहित ७ टोलीको सहभागिता रहने नेपाल भलिबल संघले जनाएको छ ।
प्रतियोगितामा नेपालसँगै आयोजक किर्गिस्तान, पाकिस्तान, उज्वेकिस्तान, काजकिस्तान, इरान र तुर्किमिनिस्तान रहेको छ ।
सिंगल राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछ । यस्तै तेस्रो र चौंथो हुने टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्ने छन् ।
प्रतियोगिता आगामी जुन १८ देखि २५ सम्म हुनेछ ।
वि.सं.२०८० वैशाख ७ बिहीवार ०८:५२



















