नेदरल्यान्ड्समाथि विश्व उपविजेता फ्रान्सको सानदार जित
वि.सं.२०७९ चैत ११ शनिवार ०९:४१
1.8K
shares
एजेन्सी: घरेलु मैदानमा कप्तान केलियन एमबाप्पेको दुई गोलसँगै विश्व उपविजेता फ्रान्सले युरो छनोटमा नेदरल्यान्ड्समाथि ४–० को सानदार जित निकालेको छ ।
पार्क डेस प्रिन्सेसमा गएराति भएको एकपक्षीय खेलमा घरेलु टोली फ्रान्सले खेलको दोस्रो मिनेटमा नै ग्रिजमनको गोलबाट अग्रता लिन सफल भएको थियो ।
खेलको ८औं मिनेटमा डेअट उपमेकानोले गोल गर्दै फ्रान्सको अग्रता दोब्बर पारे । २१औं मिनेटमा कप्तान एमबाप्पेले गोल गर्दै फ्रान्सले सहज जिततर्फ अघि बढाए ।
चौथो गोलको लागि फ्रान्सले खेलको अन्तिम समय नै कुर्नुपर्यो । ८८औं मिनेटमा कप्तान एमबाप्पेले गोल गर्दै फ्रान्सको सानदार जित पक्का गराए ।
खेलको अतिरिक्त समयको थप गरिएको पाँचौं मिनेटमा नेदरल्यान्ड्सले पेनाल्टीको अवसर पाएपनि मेम्फिस डिपाएले गोल गर्न नसक्दा फराकिलो हार बेहोर्न पुग्यो ।
जितसँगै समूह ‘बी’ मा फ्रान्सले ३ अंक बटुलेको छ । नेदरल्यान्ड्स अंकविहीन छ । यही समूहको अर्को खेलमा ग्रीसले जिब्राल्टारलाई ३–० ले पराजित गर्दै विजयी सुरुवात गरेको छ ।
वि.सं.२०७९ चैत ११ शनिवार ०९:४१




















