YouTube Link

माओवादी आन्दोलनमाथि आक्रमण गरियोः बाबुराम भट्टराई

World Cup 2026
Facebook Link

 

काठमाडौं: नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले माओवादी आन्दोलनमाथि आक्रमण भएको बताएका छन् ।

 

‘जनयुद्धका सहिद तथा बेपत्ता योद्धाका योगदान र नेतृत्वको दायित्व’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले माओवादी युद्धकालको विषयमा दिएको अभिव्यक्तिलाई लिएर माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालमाथि मुद्दा लगाएर माओवादी आन्दोलनमाथि नै आक्रमण गरिएको बताएका हुन् ।

 

माओवादी युद्धकालमा मारिएका १७ हजार जनामध्ये ५ हजारको नैतिक जिम्मेवारी लिने केही वर्षअघि प्रचण्डले दिएको सार्वजनिक अभिव्यक्तिलाई आधारमा मानेर सर्वोच्च अदालतमा फौजदारी मुद्दा दर्ता हुन लागेपछि डा. भट्टराईको सो अभिव्यक्ति आएको हो ।

 

सर्वोच्च अदालतका रजिष्ट्रारले दर्ता गर्न नमिल्ने भनी दरपीठ गरेको आदेशलाई न्यायाधीशद्व ईश्वर खतिवडा र न्यायाधीश हरि फुयालको संयुक्त इजलासबाट बदर गरी रिट दर्ता गर्नु भनी रजिष्ट्रारको नाममा आदेश भएको छ ।

 

सोही विषयलाई लिएर माओवादी केन्द्रले विज्ञप्ति जारी गरेर आपत्ति जनाउँदै न्यायिक पुनरावलोकनको सामान्य सिदान्तविपरीत र वर्तमान नेपालको संविधानले प्रदान गरेको विचार र अभिव्यक्तिको स्वतन्त्रता ठाडै प्रतिकुल भएको ठहर गरेको छ । प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले पूर्वमाओवादीहरु एकजुट हुनुपर्ने बताइसकेका छन् ।

 

सोही कार्यक्रममा उनले पूर्व माओवादी एकजुट भएर प्रतिक्रियावादीलाई निस्तेज बनाउनुपर्ने बताइरहँदा डा. भट्टराईले बहालवाला प्रधानमन्त्रीमाथि मुद्दा चलाएर माओवादी जनयुद्धलाई अपराधीकरण गर्न खोजिएको आरोप लगाए ।

 

माओवादी सशस्त्र युद्धलाई अपराधीकरण गरिने वा नेताहरुमाथि मुद्दा लगाउन थालियो भने कार्यगत एकता गरेर अघि बढ्न सकिने उनको भनाइ छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

वि.सं.२०८३ जेठ २४ आइतवार १३:०६

काठमाडौं: नेपाल एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा पुगेको...

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

वि.सं.२०८३ जेठ २४ आइतवार १२:५५

काठमाडौं: परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच नयाँदिल्लीमा...

अब के को सम्पत्ति विवरण ? खरानी छ, उठाएर लैजा सरकार: ओली

अब के को सम्पत्ति विवरण ? खरानी छ, उठाएर लैजा सरकार: ओली

वि.सं.२०८३ जेठ २० बुधवार १३:५१

काठमाडौं: नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले...