दासढुंगा घटनाको छानबिनको माग गर्दा २१ जनाको हत्या भएको एमाले अध्यक्ष केपी शर्मा ओलीको दाबी
वि.सं.२०७९ फागुन २१ आइतवार १८:३८
1.2K
shares
काठमाडौं: नेकपा एमाले अध्यक्ष केपीशर्मा ओलीले दासढुंगा घटनाको छानबिनको माग गर्दा २१ जनाको हत्या भएको दाबी गरेका छन् ।
सुखानी सहिद स्मृति दिवसको अवसरमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले दासढुंगा घटनाको छानबिनको माग गर्दा २१ जनाको हत्या भएको बताएका हुन् ।
३ जेठ २०५० मा पोखरामा भएको एमालेको जिल्ला अधिवेशन सकेर चितवन जाँदै गर्दा पार्टीका महासचिप मदन भण्डारी र जीवराज आश्रित चढेको जिप चितवनको दासढुंगामा दुर्घटनामा परेको र दुवै जनाको मृत्यु भएको घटनालाई नेपालको राजनीतिमा रहस्यमय मानिँदै आएको छ ।
भण्डारी र आश्रितको हत्या भएको भन्दै आयोग बनाएर छानबिन गर्न माग गर्दा २१ जनालाई गोली हानेर मारेको अध्यक्ष ओलीको भनाइ छ । बहुदल आएपछि कांग्रेसले मान्छे मार्दा डेमोक्रेसी भएको कटाक्ष गर्दै अध्यक्ष ओलीको कटाक्ष थियो ।
वि.सं.२०७९ फागुन २१ आइतवार १८:३८




















