अनेरास्ववियु अध्यक्षमा बडाल, महासचिवमा रोकाया निर्वाचित
वि.सं.२०७९ फागुन ५ शुक्रवार ११:५२
1.4K
shares
काठमाडौं: नेकपा एमाले निकट बिद्यार्थी संगठन अनेरास्ववियुको २३औं राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा समिक बडाल निर्वाचित भएका छन् ।
अनेरास्ववियुको पदाधिकारी र केन्द्रीय कमिटीमा सहमति हुन नसकेपछि बिहीबार भएको मतदानमा अनुसार बडाल बिजयी भएका हुन् । बडाल अनेरास्ववियुका निवर्तमान महासचिव हुन् ।
बडालले अध्यक्षमा आरसी लामिछानेलाई पराजित गरेका हुन् । यसैगरी, उपाध्यक्षमा गोविन्द गिरी, धर्म गिरी, नारायण घर्ती र मर्यादा विष्ट निर्वाचित भएका छन् भने महासचिवमा नरेश रोकाया निर्वाचित भएका छन् ।
मतपरिणाम अनुसार सचिवमा सञ्जिव धिताल, सुजन कडरिया, प्रकाश पौडेल, दिपेश प्रसाई, अञ्जना शिवाकोटी, आरती भट्टराई र विनिता काफ्ले निर्वाचित भएका छन् ।
वि.सं.२०७९ फागुन ५ शुक्रवार ११:५२


















