YouTube Link

कृषि विकास बैंकका अध्यक्ष दुवाडीले दिए राजीनामा

Facebook Link

 

काठमाडौं: कृषि विकास बैंकको अध्यक्ष बनेका रमेश दुवाडीले अन्ततः राजीनामा दिएका छन् । उनले हिजो बिहीबार साँझ अर्थ मन्त्रालयमा आफ्नो राजीनामा बुझाएका हुन् ।

 

दुवाडीले राजीनामा दिएसँगै अब कृषि विकाश बैंकले कार्यकारी नेतृत्व समेत चाँडै प्राप्त गर्ने भएको छ । अयोग्य अध्यक्षबाट छनौट गरिएको र नियुक्ति पाएको नयाँ प्रमुख कार्यकारी अधिकृत (सिइओ)को समेत वैधानिकता माथि प्रश्न उठ्न सक्ने भन्दै सञ्चालक समितिको बैठकमा नै उनको राजीनामा मागिएको थियो ।

 

हाल कृषि विकास बैंक निमित्त सीइओबाट चलिरहेको छ । बैंकका निवर्तमान सिइओ अनिल उपाध्यायको कार्यकाल गत पुस १० गते सकिएपछि बैंकले पुस २५ गते नयाँ सीईओका लागि विज्ञापन आह्वान गरेको थियो ।

 

उक्त पदका लागि माघ १५ गतेसम्म आवेदन खुला गरिएकोमा २२ जनाले आवेदन दिएका थिए । जस मध्ये बिहीबार बसेको सञ्चालक समितिको बैठकले ५ जनाको नाम सर्टलिष्ट समेत गरिसकेको छ ।

 

बैंक सम्बद्ध स्रोतका अनुसार  सर्टलिष्टमा पर्नेहरूमा सिभिल बैंकका पूर्व सिइओ गोविन्द गुरुङ, कृषि विकास बैंकका निमित्त सिइओ प्रताप सुवेदी, कृषि विकास बैंकका कायममुकायम नायव महाप्रबन्धक, यज्ञप्रकाश न्यौपाने, नेपाल एसबिआई बैंकका डीसीईओ विष्णुदेव यादव र राष्ट्रिय सहकारी बैंकका बैंकका बद्री कुमार गुरागाईँ रहेका छन् ।

 

अब सिफारिस समितिले उनीहरूको अन्तर्वार्ता अब नियमित रुपमा अघि बढाएर सञ्चालक समितिमा तीन जनाको नाम सिफारिस गर्ने छ । त्यसका लागि फाल्गुन ६ गते शनिबार नै सर्टलिष्टमा परेका पाँचै जना आकाङ्क्षीहरूको अन्तर्वार्ता हुँदै छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

वि.सं.२०८३ भदौ २३ मंगलवार १०:१९

काठमाडौं: जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...