YouTube Link

सातै प्रदेशमा एमालेको ‘मिसन ग्रासरुट’ अभियान हुने

Facebook Link

 

काठमाडौं: नेकपा एमालेको सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान ‘मिसन ग्रासरुट’ यही फागुन ५ गतेदेखि सुरु हुने भएको छ ।

 

केन्द्रीय कार्यालयको सोमबार बसेको बैठकले दुईमहिने पार्टी सुदृढीकरण तथा विस्तारको ‘मिसन ग्रासरुट’ अभियान यही फागुन ५ गतेदेखि सुरु गर्ने निर्णय गरेको हो ।

 

अभियानको एमाले अध्यक्ष केपी शर्मा ओलीले सात प्रदेश र विशेष प्रदेशमा आयोजना हुने अभिमुखीकरण कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्नेछन् ।

 

केन्द्रीय कमिटी सदस्यहरूलाई पालिका तहमा दुई महिनाको जिम्मेवारी दिएर अभियान सञ्चालन गर्न लागिएको हो । अभियानको अनुगमन र संयोजनका लागि पार्टीका उपाध्यक्षदेखि स्थायी कमिटीसम्मका नेताहरू खटिने भएका छन् ।

 

अभियानमा प्रदेश-१ मा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, सचिव टोपबहादुर रायमाझी, स्थायी कमिटी सदस्यहरू शेरधन राई, अग्निप्रसाद खरेल, राजेन्द्रप्रसाद गौतम र हिक्मत कार्की, मधेस प्रदेशमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, सचिव रघुवीर महासेठ, स्थायी कमिटी सदस्यहरू गुरुप्रसाद बराल, लालबाबु पण्डित र सीता पौडेल खटिनेछन् ।

 

यस्तै बाग्मती प्रदेशमा उपाध्यक्ष सुरेन्द्र पाण्डे, सचिव गोकर्णराज विष्ट, स्थायी कमिटी सदस्यहरू काशिनाथ अधिकारी, रघुजी पन्त, कृष्णगोपाल श्रेष्ठ र शेरबहादुर तामाङ तथा गण्डकी प्रदेशमा उपाध्यक्ष युवराज ज्ञवाली, सचिव पद्माकुमारी अर्याल, स्थायी कमिटी सदस्यहरू किरण गुरुङ, खगराज अधिकारी र थममाया थापा खटिनेछन् ।

 

लुम्बिनी प्रदेशमा उपाध्यक्ष रामबहादुर थापा, सचिव छविलाल विश्वकर्मा, स्थायी कमिटी सदस्यहरू भीम आचार्य, राजन भट्टराई र शिवमाया तुम्वाहाम्फे, कर्णाली प्रदेशमा उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ, सचिव योगेशकुमार भट्टराई, स्थायी कमिटी सदस्यहरू भानुभक्त ढकाल, यामलाल कँडेल र गोरखबहादुर बोगटी तथा सुदूरपश्चिम प्रदेशमा उपाध्यक्ष विष्णुप्रसाद पौडेल, सचिव लेखराज भट्ट, स्थायी कमिटी सदस्यहरू मणिचन्द्र थापा, विन्दा पाण्डे र कर्णबहादुर थापा खटिनेछन् ।

 

यस्तै अभियानकै क्रममा विशेष कमिटी (केन्द्रीय कार्यालय) मा महासचिव शङ्कर पोखरेल, उपमहासचिवद्वय प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, विष्णु रिमाल र कार्यालय सचिव डा भीष्म अधिकारी छन् । एमालेको यही माघ २६ गते बसेको सचिवालय बैठकले फागुन र चैत महिनामा  पार्टी  सुदृढीकरण तथा विस्तार अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...