YouTube Link

रामेछाप-उमाकुण्ड अन्तर विद्यालय तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु (कार्यक्रमको झलकहरुः)

Facebook Link

 

रामेछापः ‘स्वास्थ्यको लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मुल नाराका साथ उमाकुण्ड गाउँपालिका अन्तर विद्यालय तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।

 

प्रतियोगिता अन्तर्गत आज एथलेटिक्स तर्फ १२ विधाको खेलहरु सम्पन्न भएका छन् । जस अन्तर्गत १०० मिटर छात्र दौड तर्फ श्री जनता माविका आशिष सुनुवार प्रथम तथा श्री चण्डेश्वरी माविका युवराज खत्री द्वितीय भए भने श्री सिद्धेश्वर माविका अलिस बस्नेत तृतीय भएका छन् ।

 

१०० मिटर छात्रा दौड तर्फ श्री कैलेश्वर माविका मोहन कुमारी खड्का प्रथम तथा श्री सरस्वती माविका सुशिला लामिछाने द्वितीय भए भने श्री महालंगुर माविका ज्ञानमाया भुजेल तृतीय भएका छन् ।

 

त्यसैगरी छात्र तर्फ २०० मिटर दौड तर्फ श्री सिद्धेश्वर माविका सुबन खड्का प्रथम तथा श्री महालंगुर माविका सञ्जिव विक द्वितीय भए भने श्री चण्डेश्वरी माविका लोक बहादुर तामाङ तृतीय भएका छन् ।

 

छात्रा तर्फ २०० मिटर दौड तर्फ श्री कास्थेम माविका दिपा थापा प्रथम तथा श्री चण्डेश्वरी माविका लक्ष्मी खुलाल द्वितीय भए भने श्री सिद्धेश्वर माविका शान्तिमाया राउत तृतीय भएका छन् ।

 

त्यसैगरी छात्र तर्फ ४०० मिटर दौड तर्फ श्री महालंगुर माविका बुद्धवीर विक प्रथम तथा श्री सरस्वती माविका विशाल सुनुवार द्वितीय भए भने श्री कैलेश्वर माविका हिमाल सुनुवार तृतीय भएका छन् ।

 

छात्रा तर्फ ४०० मिटर दौड तर्फ श्री कैलेश्वर माविका एलिशिबा शेर्पा प्रथम तथा श्री सरस्वती माविका अनिता कार्की द्वितीय भए भने श्री चण्डेश्वरी माविका निशाना तामाङ तृतीय भएका छन् ।

 

त्यसैगरी छात्र तर्फ ८०० मिटर दौड तर्फ श्री सिद्धेश्वर माविका राहुल बस्नेत प्रथम तथा श्री कैलेश्वर माविका मिलन सुनुवार द्वितीय भए भने श्री कास्थेम माविका सागर विक तृतीय भएका छन् ।

 

छात्रा तर्फ ८०० मिटर दौड तर्फ श्री कैलेश्वर माविका उर्मिला नेपाली प्रथम तथा श्री सरस्वती माविका अम्बिका खड्का द्वितीय भए भने श्री कास्थेम माविका दिपा थापा तृतीय भएका छन् ।

 

त्यसैगरी छात्र तर्फ ४०० मिटर रिले दौड तर्फ श्री सिद्धेश्वर मावि प्रथम तथा श्री चण्डेश्वरी मावि द्वितीय भयो भने श्री कास्थेम मावि तृतीय स्थान हाँसिल गरेका छन् ।

 

छात्रा तर्फ ४०० मिटर रिले दौड तर्फ श्री चण्डेश्वरी मावि प्रथम तथा श्री कास्थेम मावि द्वितीय भयो भने श्री सिद्धेश्वर मावि तृतीय स्थान प्राप्त गरेका छन् ।

 

त्यसैगरी छात्र तर्फ १६०० मिटर रिले दौड तर्फ श्री कास्थे मावि प्रथम तथा श्री चण्डेश्वरी मावि द्वितीय भयो भने श्री सिद्धेश्वर मावि तृतीय स्थान प्राप्त गरेका छन् ।

 

छात्रा तर्फ १६०० मिटर रिले दौड तर्फ श्री कैलेश्वर मावि प्रथम तथा श्री सरस्वती मावि द्वितीय भयो भने श्री कास्थेम मावि तृतीय स्थान प्राप्त गरेका छन् ।

 

समग्रमा आजको प्रतिस्पर्धा अन्तर्गत श्री कैलेश्वर माविले ४ स्वर्ण १ रजत र १ कास्य सहित पहिलो भएको छ भने श्री सिद्धेश्वर माविले ३ स्वर्ण र ४ रजत सहित दोस्रो हुन सफल भएको छ भने क्रमशः श्री कास्थेम मावि २ स्वर्ण १ रजत ४ कास्य, श्री चण्डेश्वरी मावि १ स्वर्ण ४ रजत २ कास्य, श्री महालंगुर मावि १ स्वर्ण, १ रजत, १ कास्य, श्री जनता मावि १ स्वर्ण जित्न सफल भएको छ भने श्री सरस्वती माविले ५ रजतमा चित्त बुझाएको छ ।

 

उमाकुण्ड गाउँपालिकाको नवनिर्मित मैदान तथा प्रतियोगिताको समुदघाटन प्रदेश सभा सदस्य तारानारायण श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । समुदघाटनको क्रममा बोल्दै प्रदेश सभा सदस्य श्रेष्ठले उमाकुण्ड गाउँपालिकामा नव निर्मित मैदानको प्रशंसा गर्दै रामेछापकै उत्कृष्ट मैदान बनेकोमा स्थानीय तहमा मात्र नभै जिल्लाकै उत्कृष्ट मैदान बनेकोले प्रदेश सभा सदस्यको हैसियतले जतिसक्दो आफुले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

 

प्रतियोगिताको कार्यक्रममा विशिष्ट अतिथिमा जिल्ला समन्वय समितिका प्रमुख चिना खड्का कार्की प्रमुख जिल्ला अधिकारी शोभाकर रेग्मी गाउँपालिका अध्यक्ष शेर बहादुर सुनुवारले प्रतियोगिताको बारेमा चर्चा गरेका थिए ।

 

(कार्यक्रमको झलकहरुः)

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...