YouTube Link

सहसचिव सरुवाको सूची सार्वजनिक, को कहाँ ?

Facebook Link

 

काठमाडौं: सरकारले सहसचिवको सरुवा गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले गरेको सहसचिव सरुवाको सूची सार्वजनिक गरेको छ ।

 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार विभिन्न मन्त्रालय, विभाग, आयोग, प्रदेश तथा निकायमा कार्यरत सहसचिवको सरुवा गरिएको हो ।

 

यसअघि संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट सरुवा गर्दै आएकोमा यसपटक क्याबिनेटबाट सहसचिवको सरुवा गरिएको हो ।

 

सूचीअनुसार यातायात व्यवस्था विभागका महानिर्देशक डा. टोकराज पाण्डेयको सत्य निरूपण तथा मेलमिलाप आयोगमा सरुवा भएको छ भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव इन्द्रमणि पोखरेलको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयमा सरुवा भएको छ ।

 

यस्तै अर्थमन्त्रालयका सहसचिव भुपाल बरालको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, केदारनाथ शर्माको गृहमन्त्रालय, रमेशकुमार केसीको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र बाबुराम सुवेदीको राष्ट्रिय योजना आयोगको सचिवालयमा सरुवा भएको छ ।

 

यसैगरी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव सेवन्तक पोखरेल, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव श्रीकृष्ण नेपाल, राष्ट्रिय योजना आयोगका धनीराम शर्माको अर्थ मन्त्रालयमा सरुवा भएको छ ।

 

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय गण्डकी प्रदेश पोखराका सचिव रामप्रसाद आचार्य, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव रमेश अर्याल र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव झक्कप्रसाद आचार्यको पनि अर्थ मन्त्रालयमा नै सरुवा भएको छ ।

 

यस्तै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रालयका सहसचिव बाबुराम भण्डारीको सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेशका सचिव दीपक लामिछानेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा सरुवा भएको छ ।

 

वातावरण विभागका महानिर्देशक नमराज घिमिरेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, निर्वाचन आयोगका विश्वप्रसाद अर्यालको बेपत्ता पारिएको व्यक्तिको छानबिन आयोग, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव सुशीला अर्यालको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, शहरी विकास मन्त्रालयका मोहनराज चापागाईँको सडक पूर्वाधार तथा शहरी विकास मन्त्रालय प्रदेश नं १ र सडक पूर्वाधार तथा शहरी विकास मन्त्रालय प्रदेश १ का सचिव अशोककुमार साहको सहरी विकास मन्त्रालयमा सरुवा भएको छ ।

 

आन्तरिक मामिला तथा कानूनमन्त्रालय कर्णाली प्रदेशका प्रदेश सचिव दिनेशसागर भुसाललाई गृहमन्त्रालय, महालेखा नियन्त्रकको कार्यालयका सहमहालेखा नियन्त्रक जितेन्द्र बस्नेतलाई गृह मन्त्रालय, सहकारी विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डितलाई गृहमन्त्रालयमा सरुवा गरिएको छ ।

 

त्यसैगरी राजश्व अनुसन्धान विभागका महानिर्देशक मदन दाहाल र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव उत्तरकुमार खत्रीको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा, अर्थ तथा सहकारी मन्त्रालय लुम्बिनी प्रदेशका सचिव नेत्रप्रसाद सुवेदीको सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र अर्थ मन्त्रालयका सहसचिव यज्ञ कोइरालाको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा भएको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...