YouTube Link

डा. सन्दुक रुइत १० लाख डलर राशिको ‘इसा अवार्ड’बाट सम्मानित हुँदै

Facebook Link

 

काठमाडौं: वरिष्ठ आँखारोग विशेषज्ञ डा. सन्दुक रुइत १० लाख डलर (करिब १३ करोड रुपैयाँ) राशिको प्रतिष्ठित ‘इसा अवार्ड’बाट सम्मानित हुने भएका छन् ।

 

मानवीय सेवा तथा अन्धोपन निवारणमा उत्कृष्ट योगदान पुर्‍याए बापत ‘इसा अवार्ड फर सर्भिस टु ह्युमानिटी’ नामक संस्थाले मंगलबार रुइतको नाम छनोट गरेर अवार्ड दिने घोषणा गरेको हो ।

 

बहराइनका पूर्वराजा सेख इसा बिन सलमान अल खालिफाको नाममा सन् २००९ मा स्थापना गरिएको इसा अवार्ड सन् २०१३ देखि प्रदान गर्न सुरु भएको थियो । संसारमा उत्कृष्ट मानव सेवा गर्ने र मानव जीवन रक्षाका लागि लड्नेलाई यो अवार्ड हरेक दुई वर्षमा प्रदान गरिन्छ ।

 

हजारौँ मानिसको गुमेको आँखाको ज्योति फर्काएका डा. रुइत तिलगंगा आँखा प्रतिष्ठानका संस्थापक तथा कार्यकारी निर्देशक हुन् । नेपालबाट यो अवार्ड प्राप्त गर्ने उनी नै पहिलो व्यक्ति बन्नेछन् । पाँचौँ संस्करण अन्तर्गत रुइतलाई आगामी फेब्रुअरीमा अवार्डसहित गोल्ड मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

 

‘इसा अवार्ड फर सर्भिस टु ह्युमानिटी’ले मंगलबार अवार्ड घोषणा गर्दै अन्धोपन निवारणका लागि डा. रुइतको प्रभावकारी भूमिका रहेको बताएको छv। मानवीय कल्याणका लागि लामो समयदेखि काम गरेकाले रुइतलाई नै अवार्ड दिन लागिएको संस्थाले जनाएको छ ।

 

इसा अवार्डमा भाग लिन १३९ व्यक्ति र विभिन्न संघसंस्था छनोटमा परेका थिए । छनोट समितिले सर्टलिस्टमा ६ व्यक्ति/संस्थालाई छनोट गरेको थियो । जसमा डा. रुइतसँगै बंगलादेशको फ्रेन्डसिप एनजिओ, अमेरिकास्थित मर्सी सिप, गरिबको हितमा सक्रिय कोलम्बियाली क्यामिलो जोस हेरेया, वातावरण संरक्षणमा क्रियाशील केन्याकी न्जाम्बी माटी र स्विट्जरल्यान्डको जेनेभास्थित विश्व स्वास्थ्य संगठन फाउन्डेसनको नाम छनोट भएको थियो ।

 

समितिले सबैमध्येबाट अध्ययन–अनुसन्धान गरेर डा. रुइतलाई अवार्ड दिने निर्णय गरेको हो । यसअघि रुइतले सन् २००६ मा मलेसियाको रोमन म्याग्सेसे अवार्ड, सन् २००७ मा अर्डर अफ अस्ट्रेलिया र सन् २०१८ मा पद्मश्री अवार्ड (भारत सरकारले दिने), फिलिपिन्स क्यासिसीलगायत अवार्ड पाएका थिए  ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

वि.सं.२०८३ साउन २० बुधवार १४:४४

काठमाडौं: नेपाल सरकार मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विभिन्न क्षेत्रसँग सम्बन्धित...

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

वि.सं.२०८३ साउन १९ मंगलवार १४:२०

हेटौंडा: बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहबीच आपसी...

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...