सभामुखबारे छलफल गर्न कांग्रेस सभापति देउवा र नेकपा एसका अध्यक्ष नेपालबीच भेटवार्ता
वि.सं.२०७९ माघ ४ बुधवार १०:५५
2.4K
shares
काठमाडौं: सभामुख निर्वाचनबारे छलफल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।
कांग्रेस र एकीकृत समाजवादीले प्रधामन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएपनि सरकारमा सहभागी भएको छैन । कांग्रेसले नयाँ सत्ता समीकरणबाट जनता समाजवादी पार्टी नेपाल, नागरिक उन्मुक्ति, जनमत पार्टीलगायतलाई आफूतिर तान्न खोजिरहेको छ । सभामुख र राष्ट्रपति निर्वाचनलाई लक्षित गरेर कांग्रेसले आफ्नो गठबन्धन बनाउन लागेको हो ।
प्रतिनिधिसभाको सभामुखका लागि आज मनोनयन दर्ता हुँदैछ । आज दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारले मनोनयन दर्ता गरिसक्नु पर्ने संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यतालिकामा उल्लेख छ ।
नेपालसँगको सभामुख उम्मेदवारबारे छलफल गरेपछि कांग्रेस पदाधिकारी बैठक बसेको हो । बैठकमा सभामुख र समसामयिक राजनीनिबारे छलफल गरिरहेको छ ।
यता सत्ता साझेदार दलको तर्फबाट एमालेले प्रतिनिधिसभाका सभामुख पदमा सांसद देवराज घिमिरेलाई अघि सार्ने भएको छ । पृथ्वीसुब्बा गुरुङ, छविलाल विश्वकर्मा, रघुजी पन्त, विद्या भट्टराईलगायतको नाम चर्चामा भएपनि घिमिरेलाई उम्मेदवार बनाउने टुंगो लागेको एक पदाधिकारीले बताए ।
वि.सं.२०७९ माघ ४ बुधवार १०:५५




















