रियल म्याड्रिड स्पेनिस सुपर कपको फाइनलमा प्रवेश
वि.सं.२०७९ पुस २८ बिहीवार ०९:१०
1.4K
shares
एजेन्सी: रियल म्याड्रिड स्पेनिस सुपर कपको फाइनलमा प्रवेश गरेको छ । रियलले भ्यालेन्सियालाई टाइब्रेकरमा ४–३ ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो ।
निर्धारित समयमा १–१ को बराबरी र त्यसपछि अतिरिक्त समयमा पनि कुनै गोल निस्कन नसकेपछि खेल टाइब्रेकरमा पुगेको थियो ।
टाइब्रेकरमा रियलका कप्तान करिम बेन्जेमा, लुका मोड्रिच, टोनी क्रुस र मार्को एसेन्सियाले गोल गरे । भ्यालेन्सियाका इडिन्सन काभानी, इलेक्स मोरिवा र ह्युगो गुइलामोनले गोल गरे । इरे कमर्ट र जोश गायाले गोल गर्न सकेनन् ।
त्यसअघि किङ फाद इन्टरनेसनल स्टेडियम साउदी अरेबियामा गएराति भएको खेलको ३९औं मिनेटमा कप्तान बेन्जेमाकै पेनाल्टी गोलबाट रियलले अग्रता लिएको थियो ।
वि.सं.२०७९ पुस २८ बिहीवार ०९:१०




















