स्वस्थानी व्रत आजदेखि सुरु
वि.सं.२०७९ पुस २२ शुक्रवार १०:०२
2K
shares
काठमाडौं: प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं माघस्नान आजदेखि सुरु भएको छ ।
काठमाडौंको साँखुस्थित शालीनदीमा स्वस्थानी मेला लागेको छ । माघ महिनामा यहाँ आई स्नान गरेर माधवनारायणको दर्शन गरेमा पाप पखालिई पुण्य कमाइने धार्मिक विश्वास छ ।
पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको सुरुवात हुन्छ । व्रतालुहरु सोमबार बेलुकीदेखि नै साँखुमा बास बस्न आउने गर्दछन् ।
बिहान माघ स्नान गरी नित्य मध्याह्नकालमा महादेवको पूजा गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा छ ।
वि.सं.२०७९ पुस २२ शुक्रवार १०:०२




















