YouTube Link

सत्ता गठबन्धनको आयु छोट्टिने सम्भावना देखियो: कांग्रेस

Facebook Link

 

काठमाडौं: नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा बुधबार दिउँसो पत्रकार सम्मेलन गरेर कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले गठबन्धनमा ठूलो विरोधाषमा रहेको बताएका छन् ।

 

कांग्रेसले हालको सत्ता गठबन्धनलाई अवसर केन्द्रित गठबन्धनको संज्ञा दिएको छ । प्रवक्ता महतले सत्ता गठबन्धन शुद्ध अवसर केन्द्रित गठबन्धन भएको बताए ।

 

महतले भने, ‘हाम्रै गठबन्धनको सरकार बन्छ भन्ने जनअपेक्षा थियो । गठबन्धनका नेतृत्वले पनि गठबन्धन नभत्किने प्रतिबद्धता गरेका थिए । प्रचण्डबाट प्रतिबद्धता पूरा नगरी गठबन्धन छोडेर जानुभयो । यद्यपि हामीले गठबन्धनलाई निरन्तरता दिने कोशिस गरेका थियौं ।’

 

‘यो गठबन्धन ठूलो विरोधाषमा हो । यो गठबन्धन स्वाभाविक देखिँदैन । यहाँ पदको प्रतिस्पर्धा छ,’ उनी भन्छन्, ‘सो कुराले यो गठबन्धनको आयु छोटिने सम्भावना देखिराखेका छौं ।’ सत्ता गठबन्धनमा विचार र दृष्टिकोणमा एकता नभएको महतले बताए । ‘गठबन्धनमा विचार दृष्टिकोणमा एकता छैन । नो नट अगेनको नारा लगाएर आएका नयाँ पार्टी पद प्राप्तिमा गएर टुंगिएको छ,’ उनले भने, ‘सरकारमै बसेर प्रतिपक्षी भूमिका गर्ने कुरा आएको छ । कन्टेन भन्दा प्रचार बढी केन्द्रित भइरहेको हामीले देखिरहेका छौं ।’

 

वैकल्पिक समर्थन जुटाउने विषयलाई आफूहरूले कहिल्यै प्राथमिकता नदिएको उनको भनाइ छ । गठबन्धन टुट्नुमा कांग्रेस दोषी नभएको उनले प्रस्टीकरण दिए । ‘प्रचण्डलाई सरकारको नेतृत्व दिएर गठबन्धन बचाउने जाने कि भन्नेबारे सोँच्ने र निर्णयमा पुग्ने समय भएन। यो गठबन्धन अवसर केन्द्रित गठबन्धन हो । राजतन्त्र चाहिने, नचाहिने, संघीयताको विरोध र समर्थन गर्ने विभिन्न रूपरङका पार्टी छन्,’ उनले भने । उनले कांग्रेस सशक्त प्रतिपक्षी बन्ने बताए । ‘कांग्रेसले संसदमा प्रभावकारी प्रतिपक्षीको भूमिका निर्वाह गर्छ । सरकारका गलत क्रियाकलापको भण्डाफोर गर्छ,’ उनले भने ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...