YouTube Link

सेल मेलाले जुत्ता चप्पल उत्पादक संघमा भाँडभैलो

World Cup 2026
Facebook Link

 

काठमाडौं: जुत्ताचप्पल उत्पादक संघ (एफम्यान) का केही पदाधिकारीले राजधानीको भृकुटीमण्डपमा जुत्ताचप्पल मेलामा आफ्नै सदस्यहरुलाई काखा र पाखा गर्न थालेपछि संघभित्रको विवाद छताछुल्ल भएर सतहमा आएको छ ।

 

संघकै पदाधिकारीहरुले विधान उल्लंघन गरेको भन्दै केही सदस्यहरुले असन्तुष्टी जनाएका छन् । मेलाका नाममा संघका पदाधिकारीले आफूहरु मात्र सहभागी हुने गरी सिन्डिकेट लगाउन थालेको उनीहरुको आरोप छ । त्यसको हिसावकिताव साधारणसभामा हुने भन्दै उनीहरुले आक्रोस ब्यक्त गरेका छन् ।

 

भृकुटीमण्डपमा जुत्ताचप्पल मेला सदावहार रुपमा हुन थालेपछि त्यसलाई रोक्न संघको विधानमै बर्षमा दुई पटक मात्र संघ आफैंले मेला गर्ने प्रावधान राखिएको थियो । तर संघ आफैंले बैशाखयता ६ पटक मेला आयोजना गरिसकेको छ ।

 

संघमा गुट बनेपछि एउटा समुहले भृकुटीमण्डपको सानो चौरमा र संघको नाममा ठूलो चौरमा मेला हुँदै आएको छ । संघले यही बर्ष ६ पटक मेला गरिसकेको छ । यही पुस २१ गतेदेखि फेरि मेला गर्ने भनेर भृकुटीमण्डपको चौर बुक गरिसकेको छ ।

 

संघले सानो चौरको मेलामा सहभागी हुने जुत्ताचप्पल उत्पादकलाई कारबाही गरेको थियो । उनीहरुलाई विधान नमानेको संघको आरोप छ । जब कि संघका पदाधिकारी आफैंले यही बर्ष ६ पटक मेलामा सहभागिता जनाइसकेका छन् । संघको विधानले बर्षको दुई पटक मात्र मेला गर्ने भने पनि कार्यसमितिले मंसिर मसान्तसम्म मेला गर्न दिने निर्णय गरेको थियो ।

 

सानो चौरमा मेला गर्ने जुत्ताचप्पल उत्पादकहरुले आफूहरुमाथिको कारबाही फुकुवा गर्नु पर्ने सर्त राखेका थिए । त्यसपछि संघले यही पुस ५ गतेसम्म कारबाही फुकुवा गरिएका मेला छाड्नु पर्ने र यदि मेला नछाडेको खण्डमा कारबाही यथावत रहने निर्णय गरेको थियो ।

 

संघकै नाममा भएको मेलामा सहभागी केही उद्योगीले संघको निर्णय अनुसार पुस ५ सम्म मेला छाडेनन् । उनीहरुले यही पुस २१ देखिको मेलामा भने सहभागिता जनाउन पाउने भएका छन् । उता सानो चौरमा भएको मेलामा सहभागिता जनाउनेहरुलाई चाहिँ पाखा लगाउने नियत संघको देखिन्छ ।

 

संघको बिधान मस्यौदा उपसमिति सदस्य अर्जुनकुमार शर्मा बिधानमा बार्षिक रूपमा दुइ पटक सेल मेला र एक पटक बार्षिक मेला गर्ने गरि मध्यमार्गी बाटो बनाएको अनुभूति गरेकोमा अहिले आएर संघको नामबाट हर बखत ब्यानर मेला लगाइ मेला लगाइको बताउँछन् । उनले भने, बैशाख, जेठ, भदौ, असोज, कार्तिक, मंसिर र पुषको आजसम्म संघले गरेको मेला बिधान सम्मत छ ? उनी प्रश्न गर्छन् ।

 

हिजो भृकुटीमण्डपको सानो चौरमा मेला लगाएको भनेर सो मेला बिधान बिपरित भयो भनेर संघका सदस्यहरुलाइ कार्वाही गरिएको भनेर प्रचार गरिएको थियो, उनले भने, आजसम्म सघको नाममा लगाएको मेला के बिधान सम्मत छ ? यसरी असन्तुष्टी ब्यक्त गर्न शर्मामात्र हैन, धेरै सदस्य छन् ।

 

महासंघले एउटा गुटलाई मात्र प्रश्रय दिएको उनीहरुको आरोप छ । त्यसैले पुस २१ गतेदेखि संघका नाममा हुने मेलामा नेपालका चर्चित ब्राण्डहरु शिखर, क्यालिबर, मकालु, हाइलाइफ, स्काइ, लेदर विङ्स, उत्सव, बेम्बो, बोस, फुटस्टेप, ह्याप्पी, टाकुरालगायतका कम्पनीले अहिलेसम्म बुकिङ गरेका छैनन् । ती ब्राण्डको सहभागिता नहुने सम्भावना बढेको छ ।

 

मेला गर्ने नगर्ने भन्नेमा उत्पादकहरुबीच लामो समयदेखि विवाद छ । शिखर सुजलगायतका जुत्ता कम्पनीले भृकुटीमण्डपमा मेला लगाउँदै आएका थिए । त्यसको विरोधमा जुत्ताचप्पल उत्पादकहरुको छाता संगठन आफैं विरोधमा उत्रियो । त्यसपछि जुत्ताचप्पल उत्पादकहरुको गुट बन्न थाल्यो ।

 

त्यसमा ३, ४ वटा गुट बने । ती गुटहरु घरी एउटासँग अर्को, घरी अर्कोसँग मिलेर मेलामा सहभागिता जनाउन थाले । मेलामा सहभागिता नजनाएका जुत्ताचप्पल उत्पादकहरु मेलाको विरोधमा उत्रिए । त्यतिखेर सबैको स्वार्थ मिलेर संघले औपचारिक रुपमा भृकुटीमण्डपको सानो चौरमा जुत्ताचप्पल मेला नगर्ने औपचारिक निर्णय गर्यो ।

 

केही समय मेला रोकिए पनि अहिले मेलामा फेरि प्रतिस्पर्धा चलेको छ । ठूलो चौरमा मेला गर्र्नेहरु संघको संस्थापन पक्षका जुत्ताचप्पल उत्पादक चाहिँ आफ्नो मेलालाई संस्कृति भन्छन् । सानो चौरमा मेला गर्नेहरुलाई चाहिँ उनीहरु विक्रिति भित्र्याएको आरोप लगाउँछन् ।

 

अहिले संघको अध्यक्ष नानीराज  घिमिरे छन् । उनलाई संघको विवादबारे कुरा गर्न पटकपटक सम्पर्क गर्दा फोन उठाएनन् । संघका उपाध्यक्ष तथा मेलाका संयोजक सुरज बन्जाडेले भने मेलामा सहभागी हुन कसैलाई रोकतोक नरहेको बताए । हामीले यो आर्थिक बर्षको दोस्रो मेला गर्दैछौं, उनले भने, हामी विधान अनुसार नै गएका छौं । अबको साधारणसभाबाट बर्षको दुई पटक मेला गर्ने प्रावधान हटाउने प्रस्ताव लैजाँदैछौं । त्यसपछि चाहनेले बर्षैभरि मेला गर्न सक्ने उनले बताए ।

 

यसअघि संघले लगाउने मेलामा सबै जुत्ताचप्पल उत्पादकलाई समेट्नु पर्ने भएकाले टाइटल स्पोन्सर कसैलाई नदिने निर्णय कार्यसमितिले पारित गरेको थियो । जुत्ताचप्पल मेला गर्नुअघि सदस्यहरुको भेला आयोजना गरेर टाइटल स्पोन्सर कसैलाई दिने नदिने निर्णय गरिन्थ्यो ।

 

अहिले आएर त्यसलाई मिच्दै केही पदाधिकारीले अबैध निर्णय गरेर २१ गतेदेखि हुने मेलाको टाइटल स्पोन्सर किरण सुज मेनुफेक्चररको गोल्डस्टार सुजलाई दिइएको छ । आफ्नै निर्णय मिच्ने संघको यो कदमको पनि सबैतिर विरोध भइरहेको छ । सुरुआतदेखि नै मेलामा सहभागिता जनाउँदै आएका चर्चित जुत्ताचप्पल ब्राण्डका उत्पादकहरुले टाइटल स्पोन्सर माग्दा भने संघले सबैलाई समेटेर जाने भन्दै टाइटल स्पोन्सर दिन इन्कार गर्दै आएको थियो ।

 

जुत्ता मेलामा प्रतिस्पर्धा गर्न छालाजुत्ता उत्पादक सँघ स्वयं लाग्दा जुत्ताचप्पल उत्पादकको हितमा निति नियम बनाउन लबिङ गर्नु पर्ने काम संघले गर्न नसकेको उत्पादकहरु बताउँछन् । हामीले उद्योगको संरक्षण गर्ने अभिभावक नपाएको अनुभूति भएको छ, एक उत्पादकले भने । कुनै ब्यवसायीले मेलामा सहभागिता जनाउने, नजनाउने, उसको आवश्यकता, उसको सोचमा भर पर्ने कुरा भएको केही उत्पादकको भनाइ छ । यसमा जुत्ता उत्पादक सँघ आफैं लबिंग गरेर हिड्ने हैन । संघले प्रदर्शनी गर्ने हो, बायर, सेलरलाई बोलाउने हो । सेल मेला संघ आफैंले गर्ने होइन् । ती १० जना संघको नाममा सेल मेलामा किन बस्नु ? आफ्नै ब्राण्ड राखेर बसे भै गयो नि ।

– बिष्णु गिरी ‘निश्चल’

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

वि.सं.२०८३ जेठ २४ आइतवार १३:०६

काठमाडौं: नेपाल एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा पुगेको...

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

वि.सं.२०८३ जेठ २४ आइतवार १२:५५

काठमाडौं: परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच नयाँदिल्लीमा...