सिटिजन्स बैंक इन्टरनेशलनले ५ हजार बढी कित्ता संस्थापक शेयर सर्वसाधारणा लागि बिक्रीमा ल्यायो
वि.सं.२०७९ पुस १४ बिहीवार १४:४३
1.9K
shares
काठमाडौं: सिटिजन्स बैंक इन्टरनेशलनको ५ हजार ९२१ कित्ता संस्थापक शेयर सर्वसाधारणले समेत खरीद गर्न सक्ने गरी बिक्रीमा आएको छ ।
बैंकले प्रतिकित्ता रू. १४५ मूल्य तोकेर उक्त शेयर बिक्रीमा ल्याएको हो । यो शेयर खरीदका लागि यस अघि विद्यमान संस्थापक शेयरधनीहरूलाई प्राथमिकतामा राखेर बिक्री खुला गर्दा वितरण हुन नसकेपछि सर्वसाधारणमा यो शेयर बिक्री गर्न लागिएको हो ।
प्रचलित कानुन बमोजिम यो शेयर खरीद गर्न योग्य सर्वसाधारण व्यक्ति तथा संस्थाहरुले आगामी ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । बैंकको केन्द्रीय कार्यालय नारायणहिटी पथमा आवेदन दिनुपर्ने जानकारी बैंकले दिएको छ ।
वि.सं.२०७९ पुस १४ बिहीवार १४:४३



















