YouTube Link

शेखरको समर्थन प्राप्त गगन थापाले शेरबहादुर देउवालाई कडा चुनौती देलान् त ? यस्तो छ गणीतिय हिसाव

Facebook Link

 

काठमाडौं: नेपाली कांग्रेसको संसदीय दलको नेता बन्नका लागि पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा आमने सामने भएका छन् ।

 

देउवा र थापा दुबैले उम्मेदवारी दर्ता गरेपछि कडा प्रतिस्पर्धा हुने देखिएको छ । यी दुईबीचको प्रतिष्पर्धालाई लिएर कौतुहलताको बिषय बनेको छ ।

 

कांग्रेसको गणित हेर्दा अहिले पनि देउवा नै बलिया देखिन्छन् । यदि शेखर समूह एक ढिक्का भएर थापालाई भोट हाल्यो भने पनि उनले जित्न सहज देखिदैन । तर, गोप्य मतदान भएकाले ‘जे पनि हुन सक्ने’ थापा पक्षका नेताहरू बताउँछन् ।

 

थापालाई घोषणा गर्ने बैठकमा ३८ जना सांसद उपस्थित भएको इतर समूहका नेताको भनाइ छ यसबाट इतर पक्ष उत्साहित देखिन्छ ।

 

कांग्रेसको संसदीय दलको चुनाव जित्न ४५ जनाको समर्थन चाहिन्छ । आफ्नो समूहको एक ढिक्का भोट र संस्थापन समूहबाट पनि केही भोट ल्याएर जित हासिल गर्ने अपेक्षामा देखिएका छन् गगन थापा ।

 

थापाले चुनाव अघिदेखि नै संसदीय दलको नेता लड्न तयारी थालिसकेको बताएका थिए । सुरूमा केही संकेत नगरेका शेखरले पनि पछिल्लो समयमा आकांक्षा देखाए । यसरी इतर समूहमै दुई दावेदार हुँदा देउवालाई प्रतिस्पर्धा सहज बनेको थियो । तर, अब शेखरको समर्थनपछि गगनको मनोबल बढेको छ र उत्साहित पनि देखिएका छन् ।

 

थापालाई शेखरनिकट केही सांसदले भोट नहाल्ने अनुमान भइरहँदा देउवा निकट केही सांसदले भोट दिने अपेक्षामा उनी देखिका छन् । देउवा पक्षका भनेर चिनिएका कतिपय सांसदले थापाको सम्पर्कमा छन् र उनीहरुले गोप्य मतदानमा थापालाई सघाउने आश्वासन दिएका छन् ।

 

अंक गणित अनुसार कांग्रेसका ५७ प्रत्यक्ष र ३२ समानुपातिक गरी ८९ सांसद रहेको अवस्थामा निर्वाचन जित्न ४५ मत आवश्यक पर्छ । परिणामलाई हेर्दा संस्थापन समूहमा ३३ प्रत्यक्ष र २२ समानुपातिक गरी ५५ सांसद छन् भने संस्थापन इतर समूहमा २४ प्रत्यक्ष महामन्त्री विश्वप्रकाश शर्मासमेत गरी शर्माले महामन्त्री थापालाई सघाउने बताउँदै आएका छन् । १० समानुपातिक गरी ३४ जना सांसद देखिन्छन् ।

 

तर, थापाको उम्मेदवारी घोषणामा ३८ जना संसाद उपस्थित भएको दाबी गर्दै इतर समूह उत्साहित बनेको छ । यो समूहले ३९ जना पुर्याइसकेको भन्दै ६ जना सांसदले साथ दिने विश्वास लिएको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

वि.सं.२०८३ साउन २० बुधवार १४:४४

काठमाडौं: नेपाल सरकार मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विभिन्न क्षेत्रसँग सम्बन्धित...

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

वि.सं.२०८३ साउन १९ मंगलवार १४:२०

हेटौंडा: बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहबीच आपसी...

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...