YouTube Link

विश्वकपमा आज तेस्रो स्थानका लागि मोरक्को र क्रोएसिया भिड्दै

Facebook Link

 

काठमाडौं: कतार फिफा विश्वकप २०२२ को तेस्रो स्थानको लागि आज क्रोएसिया र मोरक्कोले प्रतिस्पर्धा गर्दैछ । यी दुईबीचको खेल खलिफा अन्तर्राष्ट्रिय रंगशालामा नेपाली समयअनुसार राति ८:४५ बजे सुरु हुनेछ ।

 

साविकको उपविजेता क्रोएसिया सेमिफाइनलमा अर्जेन्टिनासँग ३–० ले तथा मोरक्को साविक विजेता फ्रान्ससँग २–० ले पराजित हुँदै फाइनल पुग्नबाट चुकेको थिए ।

 

अघिल्लो पटकको उपविजेता क्रोएसिया यसपाली तेस्रो बन्दै घर फर्कन चहान्छ । तर, त्यसको लागि क्रोएसियाले यस विश्वकपमा सनसनीपुर्ण प्रदर्शन गर्दै इतिहास बनाइसकेको अफ्रिकी राष्ट्र मोरक्कोको चुनौती पन्छाउनुपर्ने हुन्छ ।

 

क्रोएसिया सन् १९९८ को विश्वकपमा पनि तेस्रो भएको थियो । त्यसबेला क्रोएसियाले नेदरल्यान्ड्सलाई २–१ ले हराएको थियो । यसपटक मोरक्कोलाई हराएर त्यही नतिजा कायम गर्न चहान्छ ।

 

यता, मोरक्को पनि क्रोएसियालाई हराएर विश्वकपमा ऐतिहासिक तेस्रो पदक लिएर घर फर्कन चहान्छ । सनसनीपूर्ण प्रदर्शन गरेको मोरक्कोले समूह चरणको खेलमा क्यानडाविरुद्ध आत्मघाती गोलबाहेक सेमिफाइनलमा २ गोल खान पुग्यो ।

 

मोरक्कोले अफ्रिकाबाट सेमिफाइनल खेल्ने पहिलो टोलीको इतिहास बनाइसकेको छ । शनिबार क्रोएसियालाई हराउन सके मोरक्को विश्वकपमा तेस्रो हुने पहिलो अफ्रिकी राष्ट्र बन्नेछ । यसअघि अफ्रिकी टोली क्वाटरफाइनलभन्दा अघि बढ्न सकेको थिएन ।

 

यसअघि क्यामरुन (१९९०), सेनेगल (२००२) र घाना (२०१०) ले क्वाटरफाइनलसम्मको यात्रा मात्र तय गर्न सकेका थिए । मोरक्को त्यो भन्दा एक खुड्किलो माथि पुगेको हो । तेस्रो भए थप अर्को खुड्किलो माथि जानेछ । मोरक्को सन् १९८६ मा मेक्सिकोमा भएको विश्वकप फुटबलमा अन्तिम १६ सम्म पुगेको थियो ।

 

त्यसयता, मोरक्को विश्वकपको नकआउट चरणमा पुग्न सकेको थिएन । सन् १९९४, १९९८ र २०१८ को विश्वकपमा मोरक्को समूह चरणबाटै बाहिरिएको थियो । तर, यसपटक मोरक्कोले बेल्जियम, क्यानडा, स्पेन र पोर्चुगलको चुनौती पन्छाउँदै सेमिफाइनलको यात्रा तय गरेर इतिहास रच्न सफल भइसकेको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

वि.सं.२०८३ साउन २० बुधवार १४:४४

काठमाडौं: नेपाल सरकार मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विभिन्न क्षेत्रसँग सम्बन्धित...

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

वि.सं.२०८३ साउन १९ मंगलवार १४:२०

हेटौंडा: बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहबीच आपसी...

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...