Rajshow Bivag

आदिवासी जनजाति महिला महासंघको ८औं राष्ट्रिय महाधिवेशन सम्पन्न

Departmant of helth services

 

काठमाडौं: आदिवासी जनजाति महिलाको मानवाधिकार बारेमा वहस पैरवी गर्ने राष्ट्रियस्तरको छाता संगठन राष्ट्रिय आदिवासी जनजाति महिला महासंघको ८औं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ ।

 

महाधिवेशनबाट प्रतिमा गुरुङ, अध्यक्ष राष्ट्रिय आदिवासी जनजाति अपांग महिला महासंघ नेपाल, कृष्ण कुमारी वाईबा, महासचिव विविसिका र शान्तीकुमारी राई, निवर्तमान अध्यक्ष लाहुर्निपको तीन सदस्यीय निर्वाचन मण्डलले अध्यक्षमा नेपाल शेर्पा महिला संघको अध्यक्ष ङिमी शेर्पा, उपाध्यक्षमा हिमाली उपाध्यक्षमा थकाली महिला संघका कोषाध्यक्ष कल्पना भट्टचन, पहाड उपाध्यक्षमा नेपाल चेपाङ महिला संघका सचिव कमला चेपाङ, तराइ उपाध्यक्षमा ताजपुरिया महिला उत्थान संघका अध्यक्ष सुमित्रा ताजपुरिया, महासचिवमा सुनुवार महिला समाजका शोभा सुनुवार, कोषाध्यक्षमा नेपाल छन्त्याल महिला संघका सचिव देबमती छन्त्याल, परियोजना तथा बिदेश सचिबमा राजवंशी महिला संघका अध्यक्ष सनम राजवंशी, अनुसन्धान तथा सन्चार सचिबमा मेचे महिला उथत्थान संघका अध्यक्ष नुमा मेचे, मातृभाषा तथा संस्कृति सचिवमा राजी महिला समाजका अध्यक्ष वस्मती राजी, जनसम्पर्क तथा सङ्गठन बिस्तार सचिवमा नेपाल बराम महिला संघको प्रतिनिधि रिना बराम निर्वाचित भएका छन् ।

 

वरिष्ठ उपाध्यक्षमा भने प्रत्येक वर्ष महासंघमा दर्ता क्रमानुसार परिवर्तन हुँदै जाने प्रक्रियानुसार व्यासी सौंका महिला संघका अध्यक्ष पुस्पा बुढाथोकी पहिला नै चयन भएकी थिइन ।

 

 

लामो समय संस्था नविकरण नभएको सदस्य संगठनहरुले निर्वाचन प्रक्रियामा मतदान तथा उम्मेद्वारी दिन पाउने कि नपाउने भन्ने बारेमा वहस चलेको थियो । महासंघले नै संस्था नवीकरण गरेर महाधिवेशनमा प्रतिनिधित्व गर्न पत्रचार गरेको र संघीय परिषदको वैठकले समेत संस्था नवीकरण गरेर आएका सदस्य सङ्गठनहरुलाई मात्र निर्वाचन प्रक्रियामा सहभागी हुन दिने भन्ने निर्णय गरेर राजनीतिक चलखेलका कारण आदिवासी जनजातिको महिला हकाधिकारको पक्षमा बहसपैरवी गर्ने संस्थामा पार्टीको ह्वीप भन्दै झमेला गरेको संस्था नवीकरण गरेर आउने सदस्य संगठनहरुको दाबी रहेको थियो ।

 

महासंघको सातौं सम्मेलनमा संस्था नवीकरण नभएको भनेर सुनुवार महिला समाजलाई बन्दशत्रबाट बाहिर निकालिए पनि ८औं सम्मेलनमा भने सङ्स्था नवीकरण नगरेका सदस्य सङ्गठनलाई समेत सहभागी गरिएको थियो । महासंघको संगठनात्मक संरचनामा सचिवालयभन्दा मथिल्लो निर्णयक तह संघीय परिषद भए पनि विवाद मुल जरो भने सचिवालयका पदाधिकारीकै द्वैद्व चरित्रले अनावश्यक वहस तन्किएको सदस्य संगठनको भनाई रहेको थियो ।

 

सचिवालयका सचिवहरु नै आफैंले गरेको निर्णय र पत्रको विरुद्धमा उभिएर बहिस्कारको नाटक गरीरहेको देखिन्थे । तर राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ आफैको आर्थिक वर्ष ०७९/८० को नविकरण नभएको स्वयम महिला महासंघका महासचिव तथा सचिवहरुले बताउँदै नवीकरण नभएका सदस्य सङ्गठनलाई उकासीरहेका थिए ।सङ्था नवीकरण नगरेका सदस्य सङ्गठनका प्रतिनिधिहरुले बन्दसत्रमा राखेको प्रश्न र मागको जवाफ दिनेक्रममा बन्दशत्रको अध्यक्षता गरिरहेको अध्यक्ष चिनीमाया माझीले महासङ्घको ४८ वटा सदस्य सङ्गठनमा २८ वटा सङ्स्था नविकरण भएका सदस्य सङ्गठनको उपस्थिति रहेको बाँकी सदस्य सङ्गठनहरुको सङ्स्था नवीकरण भएको थिएन । ६ वटा सदस्य सङ्गठनहरु निस्क्रिय भइ सम्पर्कविहीन रहेको जानकारी गराएकी थिइन ।

 

 

अधिकारीक मतदान गर्न पाउने सदस्य सङ्गठनको नामावली तयार पारी बन्दशत्रबाट महासंघ सचिवालय विघटन गरी निर्वाचन मण्डललाई निर्वाचन गर्न जिम्मेवारी दिएपछि राष्ट्रिय आदिवासी जनजाति महिला महासंघको ४८ जातिय महिलासंस्था आवद्ध रहेको भन्दै नेपाल मगर महिला संघ, नेपाल तामाङ महिला घेदुङ, नेपाल योल्मो महिला संघ, जिरेल महिला सेवा समाज, किरात याक्थुम माङ्गेना चुम्लुङ याक्खामा याप्सेन, नेपाल भाषा मिस खल, थारु महिला जागरण केन्द्र, नेपाल किरात राई महिला संघ र नेपाल पहरी महिला विकास संघ लगायत केही संस्थाहरुले एकलौटी ढंगले निर्णय लिएको भन्दै विरोध जनाउँदै निर्वाचन मण्डललाई ध्यानकर्षण समेत गराएको थियो ।

 

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
अन्तर्राष्ट्रिय फुटबलबाट सुनील क्षेत्रीको सन्यास घोषणा

अन्तर्राष्ट्रिय फुटबलबाट सुनील क्षेत्रीको सन्यास घोषणा

वि.सं.२०८१ जेठ ३ बिहीवार ११:२७

  काठमाडौं: नेपाली मूलका भारतीय फुटबल खेलाडी सुनील क्षेत्रीले अन्तर्राष्ट्रिय...

३० वर्ष मुनिका प्रभावशाली व्यक्तिको सूचीमा नेपालकी श्रेया गिरी

३० वर्ष मुनिका प्रभावशाली व्यक्तिको सूचीमा नेपालकी श्रेया गिरी

वि.सं.२०८१ जेठ ३ बिहीवार ११:१२

  काठमाडौं: नेपालकी श्रेया गिरी फोर्ब्स म्यागेजिनको ३० वर्ष मुनिका...

यस्तो छ आज बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची

यस्तो छ आज बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची

वि.सं.२०८१ जेठ ३ बिहीवार १०:५४

  काठमाडौं: सङ्घीय संसद् सचिवालयले आज बस्ने प्रतिनिधिसभाको बैठकको सम्भावित...

हेर्नुहोस् आज २०८१ जेठ ३ गते बिहीबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ जेठ ३ गते बिहीबार तपाईको राशिफल

वि.सं.२०८१ जेठ ३ बिहीवार ०६:२४

  मेष - ARIES चु, चे, चो, ला, लि, लु,...

सन्दीप लामिछानेले पाए सफाई, क्यानले विश्वकप खेल्न पठाउने

सन्दीप लामिछानेले पाए सफाई, क्यानले विश्वकप खेल्न पठाउने

वि.सं.२०८१ जेठ २ बुधवार १९:१४

काठमाडौं: उच्च अदालत पाटनले क्रिकेटर सन्दिप लामिछाने निर्दोष भएको ठहर...

हेर्नुहोस् आज २०८१ जेठ २ गते बुधबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ जेठ २ गते बुधबार तपाईको राशिफल

वि.सं.२०८१ जेठ २ बुधवार ०६:२५

  मेष - ARIES चु, चे, चो, ला, लि, लु,...