‘नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसीप’ कार्यक्रम सुरु
वि.सं.२०७९ मंसिर २६ सोमवार ११:०१
1.6K
shares
काठमाडौं: नबिल बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत यस वर्षदेखि नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसीप कार्यक्रम शुरु गरेको छ ।
बैंकले त्रिभुवन विश्व विद्यालयको सहकार्यमा सामाजिक उद्यमशिलता प्रवर्द्धन उद्देश्यले सामाजिक उत्तरदायित्व अन्तर्गत यो वर्षदेखि नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसीप कार्यक्रम सुरु गरेको हो ।
बैंकले शुरुवातमा बागमती प्रदेशबाट पहिलो सत्रको ६ महिने तालिम फेलोसिप सञ्चालन सुरु गरेको छ ।
बैंकले उद्यमशिलतामा रुचि राख्नेभएका १८ देखि ५० वर्षसम्मका उद्यमीहरुलाई लक्षित गरेर दुई प्रकारका फेलोसिप र कोष डिजाइन गरेर सर्टिफिकेसन कोष कार्यक्रम सुरु गरिएको नबिल बैंकका नायव कार्यकारी निर्देशक भूपेन्द्र पाण्डेले बताए ।
उनले नबिल बैंकले शुरु गरेको कोषमा विद्यार्थीको धेरै प्रोत्साहन गरेको पाइएको बताए। पाण्डेले विगतमा विद्यार्थीहरुले पढ्दा जागिर खानुपर्छ भनेर पढ्ने गरेकाले अब पढाई सकेर उद्यमशिल बनाउन कार्यक्रमले प्रेरित गर्ने बताए । उनले अहिले २५ जनाको सहभागिता रहेको बताए । उनले बैंकले देशका सात वटै प्रदेशमा यो कार्यक्रम गर्न लागेको जानकारी दिए ।
पाण्डेले नबिल बैंकले नाफामा मात्रै नभएर उद्यमशिताको विकासले देशको आर्थिक अवस्था माथि उठ्ने भएकाले सामाजिक उत्तरदायित्वका लागि काम गर्न लागेको बताए । उनले सहभागि विद्यार्थीहरुलाई नबिल बैंकको टेक्नीकल टिम तथा फिल्डभिजिट गराएर नै तालिम दिने गरेको बताए ।
बैंकले कमाउने नाफाको १ प्रतिशत रकम सामाजिक उत्तरदायित्व अन्तर्गत खर्च गर्नुपर्ने हुन्छ । नबिल बैंकले उक्त रकम विभिन्न सामाजिक क्षेत्रमा खर्च गर्दै आएको छ । यो वर्षदेखि सामाजिक उद्यमशिलता प्रवर्द्धन उद्देश्यले थप नयाँ नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसीप कार्यक्रम सञ्चालनमा ल्याएको बैंकले बताएको छ ।
वि.सं.२०७९ मंसिर २६ सोमवार ११:०१




















