YouTube Link

सम्पत्ति बीमा शुल्क संकल बढ्यो, कुन प्रदेशमा कति ?

Facebook Link

 

काठमाडौं: सम्पत्ती बीमा वापतको बीमा शुल्क २१ दशमलव ८० प्रतिशतले बढेको छ । पछिल्लो समय बीमा प्राधिकरणको तथ्यांकले सम्पत्ति बीमा गर्नेहरुको संख्या बढेसँगै बीमा शुल्क संकलन पनि बढेको देखिएको हो ।

 

गत असोज महिनाको तुलनामा कात्तिक महिनामा सम्पत्ति बीमा शुल्क रकम ५१ करोड ४० लाख रुपैयाँले बढेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार यस अवधिमा सम्पत्ती बीमा वापत दुई अर्ब ८७ करोड १२ लाख रुपैयाँ बीमा शुल्क संकलन भएको छ ।

 

विभिन्न कम्पनीहरुले एक लाख ३० हजार २३८ बीमालेख बिक्री गरी सो बराबरको बीमा शुल्क संकलन गरेका हुन् । गत असोज महिनामा निर्जीवन बीमा कम्पनीहरुले एक लाख ३० हजार २३८ बीमालेख बिक्री गरी दुई अर्ब ३५ करोड ७२ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका थिए ।

 

प्राधिकरणका अनुसार चालु आवको कात्तिक महिनामा निर्जीवन बीमा कम्पनीहरुले सम्पत्ति वापत गरिने बीमाबाट प्रदेश नम्बर १ मा ४१ करोड ३९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । कम्पनीहरुले २५ हजार १३० बीमालेख बिक्री गरी सो बराबरको बीमा शुल्क संकलन गरेका हुन ।

 

त्यस्तै, मधेश प्रदेशमा बीमा कम्पनीहरुले सम्पत्ति वापत गरिने बीमाबाट २७ करोड ६६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । यस अवधिमा कम्पनीहरुले उक्त प्रदेशमा १५ हजार ५०२ बीमालेख बिक्री गरेका छन् ।

 

त्यसैगरी, निर्जीवन बीमा कम्पनीहरुले बागमती प्रदेशमा सम्पत्ति बीमाबाट सबैभन्दा बढि बीमाशुल्क संकलन गरेका छन् । कम्पनीहरुले सो प्रदेशबाट ६१ हजार ४२८ बीमालेख बिक्री गरी एक अर्ब ५८ करोड ८७ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका हुन् ।

 

प्राधिकरणका अनुसार गण्डकी प्रदेशबाट निर्जीवन बीमा कम्पनीहरुले सम्पत्ति बीमाबाट १५ करोड २१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको देखिन्छ । यस अवधिमा कम्पनीहरुले १८ हजार ५२९ बीमालेख बिक्री गरेका छन् ।

 

त्यस्तै, लुम्बिनी प्रदेशमा बीमा कम्पनीहरुले २७ हजार ५६३ बीमालेख बिक्री गरी ३२ करोड ७३ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । उक्त बीमा शुल्क अघिल्लो महिनाको तुलनामा ६ करोड ३५ लाख रुपैयाँले बढि हो ।

 

त्यसैगरी, कर्णाली प्रदेशमा कम्पनीहरुले सम्पत्ति बीमाबाट सबैभन्दा कम दुई करोड ९१ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । यस अवधिमा कम्पनीहरुले ४ हजार ५९९ बीमालेख बिक्री गरी सो बराबरको बीमा शुल्क संकलन गरेका हुन् ।

 

प्राधिकरणका अनुसार सुदुरपश्चिम प्रदेशबाट निर्जीवन बीमा कम्पनीहरुले सम्पत्ति बीमाबाट ८ करोड ३२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । यस अवधिमा उक्त देशबाट १० हजार ५०५ बीमालेख बिक्री भएको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...