YouTube Link

लाइसेन्सको ट्रायल परीक्षामा ७० अंकभारको नियम लागू हुँदै

Facebook Link

 

काठमाडौं: आइतबारदेखि बागमती प्रदेशमा सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षामा ७० अंकभारको नियम लागू हुने भएको छ ।

 

प्रदेश सरकारको श्रम, रोजगार तथा यातायात मन्त्रालयले तत्काल यो नियम लागू गर्न सबै यातायात व्यवस्था कार्यालयलाई बुधबार परिपत्र गरेको छ ।

 

मन्त्रालयको निर्देशन अनुसार सबै यातायात कार्यालयले यसको तयारी अघि बढाएका छन् । आगामी आइतबारदेखि यातायात व्यवस्था कार्यालय चाबहिलले सो नियम लागू गर्ने तयारी गरेको छ ।

 

१९ चैत ०७७ मा जारी भएको सवारी चालक अनुमतिपत्र परीक्षा कार्यविधि निर्देशिकामा भएको परीक्षा सम्बन्धी नयाँ प्रावधान लागू हुन लागेको छ ।

 

निर्देशिकामा ट्रायल परीक्षामा सय पूर्णांकमा ७० अंक ल्याए उत्तीर्ण हुने प्रावधान छ । हाल शतप्रतिशत अंक ल्याउनुपर्ने हुन्छ । यद्यपि, गाडीको हकमा उकालो, ओरालो तथा ‘एल ब्याक’ तथा मोटरसाइक–स्कुटरको हकमा उकालो–ओरालो अनिवार्य रूपमा उत्तीर्ण गर्नुपर्ने हुन्छ ।

 

मन्त्रालयको परिपत्र अनुसार सबै यातायात कार्यालयले जनशक्ति व्यवस्थापनदेखि कर्मचारीलाई प्रशिक्षणको काम थालेका छन् ।

 

बागमती प्रदेशमा लाइसेन्सको परीक्षा लिने ६ कार्यालय छन् । काठमाडौं उपत्यकामा एकान्तकुना, चाबहिल, स्वयम्भू र जगाती गरेर चारवटा छन् । त्यस्तै, हेटौँडा र चितवनमा पनि यातायात कार्यालय छन् । चितवनमा भने विवादका कारण परीक्षा सुरु हुन सकेको छैन ।

 

करिव दुई वर्षअघि नै सरकारले लाइसेन्स परीक्षासम्बन्धी निर्देशिका जारी गरे पनि ढिला कार्यान्वयन हुन लागेको हो । प्रदेश १ र गण्डकी प्रदेशमा भने यसअघि नै यो निर्देशिका अनुसार ट्रायल सञ्चालन हुँदै आएको छ ।

 

बागमती प्रदेशमा पनि यसअघि तीनपटक निर्देशिका कार्यान्वयनका लागि प्रदेशको यातायात मन्त्रालयले निर्देशन दिए पनि कार्यान्वयन हुन सकेन । अहिले भने यसलाई कार्यान्वयनमा लैजान लागिएको छ ।

 

नयाँ निर्देशिका अनुसार परीक्षार्थीले सय पूर्णांकमा न्यूनतम ७० अंक ल्याउनुपर्ने हुन्छ । ट्रायलका क्रममा गल्ती गर्दा नम्बर घट्दै जान्छ । त्यसरी घट्दा ७० भन्दा कम भएमा अनुत्तीर्ण हुन्छन् ।

 

मोटरसाइकल तथा स्कुटरको ट्रायलमा ट्राफिक लाइटको नियम पालना नगरेमा १५, टर्निङ इन्डिकेटरको लाइट नबालेमा १०, घुमाउरो ‘८’ मा एकपटकसम्म रेखा छोएमा ५, एकपटकसम्म खुट्टा टेकेमा ५, सवारी चलाउनुअघि सवारीको ब्रेक, ऐना, टायरको सामान्य परीक्षण नगरेमा ३, हेल्मेट लक नलगाएमा ४ र असंयमित तरिकाले चलाउँदा ३ अंकभार काटिन्छ ।

 

त्यस्तै, कार–जिपको हकमा दुईपटकसम्म घुमाउरो ८ को रेखा छोएमा ५–५ गरी १०, एकपटकसम्म सवारीको स्टार्ट बन्द भएमा ५, ट्राफिक लाइटको नियम पालना नगरेमा १५, सवारी पछाडि सार्ने क्रममा एकपटकसम्म अघि सरेमा १० नम्बर घट्छ ।

 

त्यस्तै, सवारी चलाउनुअघि सवारीको ब्रेक, ऐना, टायरको सामान्य परीक्षण नगरेमा ३, हेल्मेट लक नलगाएमा ४ र असंयमित तरिकाले चलाउँदा ३ अंकभार काटिने निर्दशिकामा उल्लेख छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...