भारतबाट घटेर आयो इन्धनको भाउ
वि.सं.२०७९ मंसिर १६ शुक्रवार १०:२०
1.9K
shares
काठमाडौं: इण्डियन आयल कर्पोरेसन (आईओसी)ले बिहीबार पठाएको नयाँ मूल्य अनुसार डिजेलमा प्रतिटिलर ११ रुपैयाँ, पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र हवाइ इन्धनमा प्रतिलिटर ६ रुपैयाँ घटेर आएको आयल निगमले जनाएको छ ।
एलपी ग्यास भने ४४ रुपैयाँले बढेर आएको छ । मूल्य घटेर आएकाले खाना पकाउने ग्यास बाहेक सबै प्रकारका इन्धनमा निगम नाफामा गएको छ । अब निगमलाई पेट्रोल प्रतिलिटरमा १३ रुपैयाँयाँ र डिजेल प्रतिलिटरमा ५० पैसा नाफा भएको छ ।
यस्तै हवाई इन्धन आन्तरिकमा ४२ रुपियाँ र मट्टीतेल प्रतिलिटरमा ३५ रुपैयाँ नाफा रहेको निगमले जनाएको छ । ग्यासमा भने प्रतिसिलिण्डर २७७ रुपैयाँ घाटा रहेको निगमले जनाएको छ । नयाँ मूल्यले निगमलाई १५ दिनमै ५८ करोड रुपैयाँ नाफा हुने अनुमान गरिएको छ ।
इन्धनको मूल्य घटेर आए पनि तत्काल बजारमा मूल्य नघटाउने निगमले जनाएको छ । पछिल्लो समय इन्धनको मूल्य घटेर आए पनि आईओसीलाई तेल खरिद गरेको रकम तिर्न बाँकी रहेको भन्दै निगमले मूल्य घटाएको छैन ।
वि.सं.२०७९ मंसिर १६ शुक्रवार १०:२०




















