कतार विश्वकपमा आज क्यामरुन र सर्बिया, दक्षिण कोरिया र घाना, ब्राजिल र स्विट्जरल्यान्ड तथा पोर्चुगल र उरुग्वे भिड्ने
वि.सं.२०७९ मंसिर १२ सोमवार ०८:४१
2.6K
shares
काठमाडौं: कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज समूह चरण अन्तर्गत समूह ‘जी’ र समूह ‘एच’ का दुई दुई खेलहरु हुनेछन् ।
पहिलो खेलमा समूह ‘जी’ मा रहेको क्यामरुन र सर्बियाबीच प्रतिस्पर्धा हुनेछ । ब्राजिलसँग २-० गोल अन्तरमा पराजित सर्बिया पहिलो जितको खोजीमा रहेको छ । पहिलो खेलमा स्विट्जरल्यान्डसँग १-० ले क्यामरुन पराजित भएको थियो ।
दोस्रो खेलमा समूह ‘एच’ को दक्षिण कोरिया र घानाबीच प्रतिस्पर्धा हुनेछ । घाना पहिलो खेलमा पोर्चुगलसँग ३-२ को अन्तरले पराजित भएको हो । दक्षिण कोरियाले उरुग्वेसँग गोल रहित बराबरी खेलेको हो ।
तेस्रो खेलमा ब्राजिल र स्विट्जरल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । ब्राजिल र स्विट्रल्याण्ड दोस्रो जितको खोजीमा स्टेडियम ९७४ मा खेल्ने छन् ।
पहिलो खेलमा ब्राजिलले सर्बियालाई २-० गोलले पराजित गरेको थियो । स्विट्जरल्यान्डले भने क्यामरुनलाई पराजित गरेको थियो ।
त्यस्तै चौंथो खेलमा पोर्चुगलले उरुग्वेको सामना गर्नेछ । समूह ‘जी’ मा रहेको पोर्चुगल र उरुग्वेबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ । पोर्चुगल लगातार दोस्रो जितको योजनामा रहेको छ । उरुग्वे पनि पहिलो जितको योजनामा रहेको छ ।
वि.सं.२०७९ मंसिर १२ सोमवार ०८:४१



















