YouTube Link

रामेछापमा गठबन्धनका साझा उम्मेद्वार नेपाली काँग्रेसका पूर्णबहादुर तामाङ प्रतिनिधि सभा सदस्यमा विजयी

Facebook Link

 

काठमाडौं: रामेछापमा एक प्रतिनिधि सभा र दुई प्रदेश सभामा गठबन्धनका उम्मेद्वार विजयी भएका छन् । गठबन्धनका साझा उम्मेद्वार नेपाली काँग्रेसका पूर्णबहादुर तामाङ (कान्छाराम) प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन् ।

 

रामेछापमा कुल १ लाख ८० हजार १०६ मतदाता रहेकोमा ८८ हजार ६८० मत खसेको थियो । तामाङ ४७ हजार ९८ मतसहित विजयी भएका छन् । उनको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार कैलाशप्रसाद ढुङ्गेलले ३० हजार ७२९ मत प्राप्त गरे ।

 

एमालेका उम्मेदवार ढुङ्गेललाई तामाङले १६ हजार ३६९ मतान्तरले पराजित गरेका हुन् । प्रतिनिधि सभातर्फको मत गणना सम्पन्न हुँदा सदर मत ८३ हजार ८९९ रहेको छ भने ४ हजार ७८१ मत बदर भएको छ ।

 

यस्तै प्रदेश ‘क’ मा गठबन्धनबाट माओवादी केन्द्रका उम्मेद्वार तारानारायण श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले १७ हजार १४८ मत प्राप्त गरे भने उनको निकटतम प्रतिद्वन्दी नेकपा एमालेका शान्ति पौडेलले १५ हजार १५७ मत प्राप्त गरे । श्रेष्ठले पौडेललाई १ हजार ९९१ मतले पराजित गरे ।

 

यस्तै प्रदेश ‘ख’ मा गठबन्धनका तर्फका उम्मेद्वार माओवादी केन्द्रका पोलिटब्युरो सदस्य युवराज चौलागाईंले एमालेमा मिलनकुमार घिसिङलाई पराजित पराजित गरे । चौलागाईंले २१ हजार २३९ मत प्राप्त गर्दा घिसिङले १७ हजार ४१३  मत प्राप्त गरे । चौलागाईले घिसिङलाई ४ हजार ८२६ मतान्तरले पराजित गरे ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...