कतार विश्वकपमा आज जापान र कोस्टारिका, बेल्जियम र मोरक्को, क्रोएसिया र क्यानडा तथा जर्मनी र स्पेन भिड्दै
वि.सं.२०७९ मंसिर ११ आइतवार ०८:४९
2.1K
shares
काठमाडौं: कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज समूह चरण अन्तर्गत समूह ‘ई’ र समूह ‘एफ’ का दुई दुई खेलहरु हुनेछन् ।
पहिलो खेलमा समूह ‘ई’ मा रहेको जापान र कोस्टारिकाबिच प्रतिस्पर्धा हुनेछ । यी दुईबीचको खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ ।
जापान आजको खेलमा दोस्रो जितको खोजीमा रहने छ । पहिलो खेलमा जापानले बलियो मानिएको जर्मनीलाई २-१ गोल अन्तरले पराजित गरेको थियो ।
कोस्टारिका भने पहिलो जितको खोजीमा हुनेछन् । कोस्टारिका पहिलो खेलमा स्पेनसँग ७-० को अन्तरमा पराजित भएको थियो ।
दोस्रो खेलमा समूह ‘एफ’ का बेल्जियम र मोरक्कोबीच प्रतिस्पर्धा हुनेछ । यी दुईबीचको खेल साँझ ६:४५ बजे सुरु हुनेछ ।
पहिलो खेलमा क्यानडालाई १-० गोलअन्तरले पराजित गरेको बेल्जियम आजको खेलमा पनि जित हात पार्न चाहान्छ । पहिलो खेलमा मोरक्कोले क्रोएसियासँग गोलरहित बराबरी खेलेको थियो ।
यसैबीच तेस्रो खेलमा क्रोएसिया र क्यानडा खेल्ने छन् । समूह ‘एफ’ का क्रोएसिया र क्यानडा बीचको खेल राति ९:४५ बजे सुरु हुनेछ । क्रोएसिया र क्यानडा पहिलो जितको खोजीमा हुने छन् ।
पहिलो खेलमा क्रोएसियाले मोरक्कोसँग गोलरहित बराबरी खेलेको थियो भने क्यानडा बेल्जियमसँग पराजित भएको थियो ।
त्यस्तै चौंथो खेलमा समूह ‘ई’का जर्मनीले स्पेनको सामना गर्नेछ । जर्मनी र स्पेनको खेल नेपाली समय अनुसार राति १२:४५ बजे सुरु हुनेछ । पहिलो खेलमा हार व्यहोरेको जर्मनी पहिलो जित निकाल्ने योजनामा हुनेछ भने स्पेन लगातर दोस्रो जित हात चाहान्छ ।
वि.सं.२०७९ मंसिर ११ आइतवार ०८:४९



















