YouTube Link

इराकको अर्बिलमा बन्दुकधारीद्वारा टर्किका कूटनीतिज्ञको गोली हानी हत्या

Facebook Link

एजेन्सी: उत्तरी इराकको स्वशासित क्षेत्र इराकी कुर्दिस्तानको राजधानी अर्बिलमा बन्दुकधारीले टर्किका कूटनीतिज्ञको हत्या गरेका छन् । अर्बिलको अनकावा क्षेत्रस्थित एक रेष्टुरेन्टमा भोजन गरिरहेका बेला दुई बन्दुकधारीले अर्बिलस्थित नियोगका उप महावाणिज्य दूतलाई लक्षित गरी गोली हानेका थिए ।

बन्दुकधारीको आक्रमणका क्रममा अरु एक जनाको पनि ज्यान गएको र अर्का एक घाइते भएको बताइएको छ । गोली चलाउने दुबै बन्दुकधारी फरार छन् । टर्कीका राष्ट्रपति रेजेप तैयप एर्दोगानका प्रवक्ताले आक्रमणकारीको पहिचान गरी आक्रमणको बदला लिने दृढता व्यक्त गरेका छन् ।

आक्रमणको जिम्मा हालसम्म कुनै पनि समूहले लिइसकेको छैन । यद्यपि सो क्षेत्रमा टर्कीमो बेग्लै कुर्दिस्तान राज्यको माग गर्दै युद्धरत कुर्दिस्तान वर्कर्स पार्टी पीकेकेका लडाकु सक्रिय रहेको र उनीहरुले नै टर्किस कूटनीतिज्ञको हत्या गरेको हुनसक्ने बताइएको छ । टर्कीले आतंककारी समूह भन्दै पीकेकेविरुद्ध व्यापक कारवाही गर्दै आएको छ । बुधबारमात्रै टर्कीले इराकी कुर्दिस्तान क्षेत्रमा पीकेके लडाकुविरुद्ध गरेको हवाई आक्रमणमा ७ पीकेके लडाकुको ज्यान गएको थियो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

वि.सं.२०८३ भदौ १० बुधवार १६:५७

काठमाडौं: रसुवा बाढीमा परि २९१ विदेशी नागरिकसहित ३८४ जना यात्रु...

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

वि.सं.२०८३ भदौ १० बुधवार १६:३१

काठमाडौं: सरकारले बाढीबाट प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद्...

भन्सार प्रमुखसहित २६ जना सम्पर्कमा, १४ कर्मचारीको खोजी जारी

भन्सार प्रमुखसहित २६ जना सम्पर्कमा, १४ कर्मचारीको खोजी जारी

वि.सं.२०८३ भदौ १० बुधवार १६:१४

काठमाडौं: रसुवामा आएको भीषण बाढीपछि रसुवागढी भन्सार कार्यालयका प्रमुख भन्सार...

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

वि.सं.२०८३ भदौ ९ मंगलवार १४:४८

काठमाडौं: अटोमोबाइल प्रदर्शनीको १८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि...

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

वि.सं.२०८३ भदौ ७ आइतवार १२:०३

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले विपद्को समयमा आदेशको प्रतिक्षा गरेर...

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

वि.सं.२०८३ भदौ ३ बुधवार १७:४७

काठमाडौं: प्रधामन्त्री बालेन्द्र शाहसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेका छन् ।...