केपी शर्मा ओली फराकिलो मतान्तरले विजयी
वि.सं.२०७९ मंसिर ७ बुधवार १९:३८
5.2K
shares
काठमाडौं: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा क्षेत्र नम्बर ५ बाट फराकिलो मतसहित प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन् ।
ओलीले राष्ट्रिय प्रजातन्त्र पार्टीको समेत साथ लिँदा ५१ हजार ६१९ मतसहित विजयी भएका हुन् । ओलीका प्रतिद्वन्द्वी सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार खगेन्द्र पाण्डव अधिकारीले २३ हजार २३१ मत ल्याए ।
अध्यक्ष ओली र अधिकारीको मतान्तर २८ हजार ३८८ देखिएको छ । ओली निर्वाचित यस क्षेत्रमा १ लाख ५४ हजार २८९ मतदाता थिए । जसमा ९८ हजार ६३१ मत खसेको थियो । त्यसमध्ये ५ हजार ११७ मत बदर भएको छ ।
वि.सं.२०७९ मंसिर ७ बुधवार १९:३८



















