ट्राफिक प्रहरीद्वारा उपत्यकामा सवारी चलाउनेमाथि कडाइ गर्दै
वि.सं.२०७९ कात्तिक ४ शुक्रवार ११:४७
4.2K
shares
काठमाडौं: ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा तिहार नजिकिएसँगै मादक पदार्थ सेवन गरेर सवारी चलाउनेमाथि कारबाही तीव्र पारेको छ ।
प्रहरीले बिहीबार मात्र एकैदिन १८९ जना सवारी चालकलाई कारबाही गरेको हो । लेन अनुशासन पालना नगर्ने ७६ सवारी चालक पनि कारबाहीमा परेका छन् ।
सडक बत्ती सम्बन्धी नियम पालना नगर्ने ५०, हर्न बजाउने १३८, नम्बर प्लेट मेटिएका, छोपिएका लगायतका २३५ चालकलाई कारबाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
वि.सं.२०७९ कात्तिक ४ शुक्रवार ११:४७



















