YouTube Link

तिहारलक्षित उपभोग्य सामग्रीको बजार मूल्य बढ्यो

World Cup 2026
Facebook Link

 

काठमाडौं: आयातमा लगाइएको प्रतिबन्धले पर्याप्त सामान नपाउँदा तिहारलक्षित उपभोग्य सामग्रीको बजार मूल्य बढेको छ ।

 

तिहार आउन एक साता मात्र बाँकी रहँदा बजारमा भाइमसलादेखि झिलिमिली बत्तीको माग बढ्न थालेको छ । भाइमसला र विद्युतीय झिलिमिली बत्ती अधिकांश चीन र भारतबाट आयात हुन्छन् ।

 

सरकारले लगाएको प्रतिबन्धले पर्याप्त तिहार लक्षित सामानहरू आयात नहँदा मूल्य बढ्न पुगेको व्यवसायी बताउँछन् । व्यवसायीहरूका अनुसार असोज, कात्तिक र मंसिरमा अन्य समयको भन्दा ५० प्रतिशत बढी हुने गर्छ । तर, यो वर्ष  दसैँदेखि नै व्यापार साबिकको भन्दा २० प्रतिशतसम्मले घटेको छ ।

 

तिहारमा सबैभन्दा बढी खपत हुने भाइमसलाको माग उच्च हुन्छ । यस वर्ष गत वर्षको तुलनामा १५ देखि २० प्रतिशतले भाइमसलाको माग बढेको छ । अघिल्लो वर्ष कोभिड-१९ देखि व्यापार व्यवसाय फस्टाउन सकेको थिएन, यसपटक अलिक सहज भएर पनि माग बढेको हो ।

 

काजु, पेस्ता, किसमिस, सुपारी, छोकडाको मूल्य बढेको छ । आयातमा लगाएको प्रतिबन्धले मूल्य समग्रमा मूल्य बढ्न पुगेको व्यवसायीको भनाइ छ ।

 

अघिल्लो वर्ष काजुको मूल्य प्रतिकिलो १७ सय रुपैयाँसम्म थियो । यस वर्ष १८ सय रुपैयाँसम्म रहेको छ । त्यसैगरी, गत वर्ष १५ सय रुपैयाँसम्म रहेको पेस्ताको मूल्य २१ सयसम्ममा बिक्री भइरहेको छ ।

 

तिहारमा खपत हुने भाइमसलाहरू अघिकांश विदेशबाट आयात गर्नुपर्ने भएकाले मूल्यमा तल–माथि भइरहने नेपाल खुद्रा व्यापार संघले जनाएको छ ।

 

तिहारमा प्रयोग हुने वस्तुहरू हाइजेनिक फुडमा पर्छ, अर्कोतर्फ आयातमा शतप्रतिशत मार्जिनका कारणले आयात कम हुने अनुमान छ । जसले मूल्य अघिल्लो वर्षको तुलनामा केही बढेको देखिन्छ ।

 

यस पटकको तिहारमा झिलिमिली बत्तीको आयात कम हुने भएपछि मूल्य बढेको छ । तिहार आउन एक साता बाँकी रहँदा झिलिमिली बत्तीको आयात गत वर्षको भन्दा ४० प्रतिशतले कम भएको विद्युत् व्यवसायी बताउँछन् ।

 

तिहार भन्ने बित्तिकै झिलिमिलीको चाड भन्ने बुझिन्छ । माटाका पाला, विद्युतीय बत्ती, पटाका आदि तिहारका विशेषता हुन् । तिहारमा नेपालीले सबैभन्दा बढी विद्युतीय बत्ती प्रयोग गर्छन् ।

 

यस वर्षका लागि हालसम्म करिब २० करोड रुपैयाँबराबरको मात्र तिहारलक्षित विद्युतीय बत्ती आयात भएको नेपाल विद्युतीय व्यवसायी महासंघको भनाइ छ ।

 

अघिल्लो वर्ष ४० करोड रुपैयाँ बराबरको झिलिमिली बत्तीको आयात भएको थियो । सामान्य अवस्थामा वार्षिक एक अर्बभन्दा धेरैको विद्युतीय बत्ती नेपालमा आयात हुने गर्छ । आयात हुने झिलिमिली बत्तीको ८० प्रतिशत खपत तिहारको समयमा हुने गर्छ । आयात कम भएपछि बत्तीको मूल्य करिब २० प्रतिशतले बढेको व्यवसायीहरू बताउँछन् ।

 

तिहारमा प्रयोग हुने फूलमाला यसपटक आन्तरिक उत्पादनले धान्ने भएको छ । खपत हुनेमध्ये ८५ प्रतिशत फूलमाला आन्तरिक उत्पादनले धान्ने फ्लोरिकल्चर एसोसिएसनले जानकारी दिएको छ ।

 

यस वर्ष पाँच दिनमा २० लाख सयपत्री माला खपत हुने एसोसिएसनको अनुमान छ । अघिल्लो वर्षको तिहारमा १८ लाख १५ हजार मखमली, सयपत्री र गोदावरी फूलका माला खपत भएको थियो । अघिल्लो वर्षको तिहारमा १४ लाख ५२ हजार सयपत्री मालाको मात्र खपत भएको थियो भने तीन लाख ६३ हजार माला आयात गरिएको थियो । यसपटक तीन लाख सयपत्री माला मात्र आयात गरिने एसोसिएसनले जनाएको छ ।

 

एसोसिएसनका अनुसार पाँच दिनमा २० लाख सयपत्री, चार लाख २५ हजार मखमली, २० हजार गोदावारी गरी जम्मा २४ लाख ४५ हजार माला खपत हुने अनुमान छ । सयपत्री मालाको औसत मूल्य प्रतिगोटा ५५ रुपैयाँ, मखमली फूलको मालाको मूल्य औसतमा प्रतिगोटा ३५ देखि ४० रुपैयाँ र गोदावरी मालाको तीन सय ५० देखि चार सय रुपैयाँसम्म पर्नेछ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

वि.सं.२०८३ असार ३ बुधवार ११:४२

काठमाडौं: अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो...

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...