Texas College
YouTube Link

मतदाताले पुराना अनुहारलाई जिताउने भुल गर्ने छैनन्: श्यामबहादुर खड्का

Facebook Link

 

नेपाली कांग्रेसका नेता श्यामबहादुर खड्का यति बेला काठमाडौं निर्वाचन क्षेत्र नं. ५ अन्तर्गत प्रदेश ‘ख’ का उम्मेदवार छन् । नेपाली कांग्रेसको क्षेत्रिय सभापति समेत रहेका खड्का प्रतिनिधि सभाका उम्मेदवार प्रदीप पौडेल र प्रदेश ‘क’ का उम्मेदवार भैरव सापकोटासहित मतदाताको घरदैलोमा पुगिरहेका छन् । आफ्ना कुराहरुलाई प्रष्ट रुपमा अभिव्यक्त गर्ने हक्की स्वभावका खड्कासँग गरिएको चुनावी संवाद ।

 

– चुनावी अभियान कसरी अघि बढाइरहनु भएको छ ?

 

चुनावी अभियान व्यवस्थित ढंगबाट अघि बढिरहेको छ । मतदाताका घरसम्म पुगेर मत माग्ने काम भइरहेको छ । नेपाली कांग्रेस पार्टीको घोषणापत्र र स्थानीय आवश्यकता अनुसारका एजेण्डा र कार्यक्रम मतदाता माझ पुर्याइरहेका छौं । बढिभन्दा बढि जनताको घर दैलोसम्म पुगेर आफ्नो उम्मेदवारीका बारेमा छलफल र बहस चलाइरहेका छौं ।

 

– मतदाताको प्रतिक्रिया कस्तो छ ?

 

अत्यन्त राम्रो प्रतिक्रिया पाएका छौं । हाम्रो पार्टी नेपाली कांग्रेसले प्रतिनिधि सभामा युवा नेता प्रदीप पौडेल, प्रदेश (क) मा भैरव सापकोटा र (ख) मा मलाई उम्मेदवार बनाएको छ । त्यसैगरी समानुपातिक तर्फ प्रदेश सभामा तारा लामा र गंगा सुनारलाई पनि पार्टीले उम्मेदवारका रुपमा अघि सारेको छ । युवा, दलित, जनजाती र खसआर्य समेत मिलाएर समाबेशी टिम बनाएकोले थप राम्रो भएको छ ।

 

– मतदाताले तपाईहरुसँग कस्ता अपेक्षाहरु वा गुनासा प्रकट गरेका छन् र तपाईहरुले कस्ता वाचा गर्नुभएको छ ?

 

कांग्रेसको प्रतिस्पर्धा नेकपा (एमाले)सँग नै हो । अघिल्लो निर्वाचनमा संघ र प्रदेशका तीनै सिटमा एमालेले विजयी हासिल गर्यो । तर अहिले पनि मतदाताले आफ्ना निर्वाचित प्रतिनिधिको अनुहार देख्न पाएका छैनन्  । चुनाव जितेपछि मतदाताको कुनै वास्ता गरिएको पाइएन । चुनावमा गरेका बाचाहरु कुनै पुरा भएका छैनन् । एक प्रकारले भन्दा क्षेत्र नं. ५ का दुवै प्रदेश सांसदहरु पाँच वर्ष गुमनाम जस्तै बन्नु भयो । अव जनताले फेरी तिनै पुराना अनुहारलाई जिताउने भुल गर्ने छैनन् । जनताले परिर्वतन चाहेका छन् ।

 

क्षेत्र नं. ५ संघीय राजधानीको अत्यन्त महत्वपूर्ण क्षेत्र भएर पनि थुप्रै कामहरु गर्नु पर्ने आवश्यकता देखिएको छ । यहाँ सबै वर्गको मिश्रित बसोबास छ । सबैका आ-आफ्ना समस्या र आवश्यकता छन् । अहिले पनि सडक, ढल, खानेपानी, व्यवस्थित यातायात, बसोबास, महंगी नियन्त्रण जस्ता आधारभुत समस्याहरुसँग जुध्नु परेको छ । भौतिक विकाससँगै समाजको रुपान्तरण र आत्मिक विकासका आधारहरु खडा गर्नुपर्ने छ । भौगोलिक दृष्टिले पनि यो क्षेत्र विशिष्ट छ । शिवपुरी निकुञ्जदेखि हाडीगाउँको संस्कृतिसम्म फैलिएको यस क्षेत्रमा विकासको फरक-फरक योजना आवश्यक छ ।  क्षेत्र नं. ५ स्वास्थ्य र शैक्षिक क्षेत्रको हबको रुपमा विकास भइरहेको छ । अधिकांश कुटनीतिक नियोगहरु यसै क्षेत्रमा रहेका छन् । धार्मिक, सांस्कृतिक र प्राकृतिक पर्यटनको प्रचुर सम्भावना छ ।  त्यसैले संघिय सरकार र स्थानिय सरकारसंग सम्वन्य गरेर विकासको खाका बनाउनु पर्ने आवश्यकता छ । बुढानिलकण्ठ मन्दिर, टोखा चण्डेश्वरी, बसुन्धरा, टुडालदेवी, भाटभटेनी मन्दिर, हाडीगाउँ जस्ता ऐतिहासिक सम्पदाको संरक्षण गर्नु पर्नेछ । यहाँको भाषा, भेषभुषा जात्रा र पर्वहरु संरक्षण गर्नु पर्नेछ । हामीले यस क्षेत्रको समग्र विकासको प्रतिबद्धता मतदाता समक्ष गरिरहेका छौं ।

 

– तपाईको चुनावी प्रतिस्पर्धा कोसँग हुन्छ ?

 

यस क्षेत्रमा कांग्रेसको प्रतिस्पर्धा नेकपा (एमाले)सँग नै हो । अघिल्लो निर्वाचनमा संघ र प्रदेशका तीनै सिटमा एमालेले विजयी हासिल गर्यो । तर अहिले पनि मतदाताले आफ्ना निर्वाचित प्रतिनिधिको अनुहार देख्न पाएका छैनन्  । चुनाव जितेपछि मतदाताको कुनै वास्ता गरिएको पाइएन । चुनावमा गरेका बाचाहरु कुनै पुरा भएका छैनन् । एक प्रकारले भन्दा क्षेत्र नं. ५ का दुवै प्रदेश सांसदहरु पाँच वर्ष गुमनाम जस्तै बन्नु भयो । अव जनताले फेरी तिनै पुराना अनुहारलाई जिताउने भुल गर्ने छैनन् । जनताले परिर्वतन चाहेका छन् ।

 

– मतदातालाई के अपिल गर्न चाहानु हुन्छ ?

 

निर्धक्कसँग कांग्रेसका उम्मेदवारहरुलाई मतदान गर्नुस । हामी गुमनाम हुने छैनौ । तपाईका माझ विकासको नयाँ  अध्याय कोर्ने छौं ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
जो सिनियर हो, उही बन्छ सशस्त्र प्रहरी महानिरीक्षक

जो सिनियर हो, उही बन्छ सशस्त्र प्रहरी महानिरीक्षक

वि.सं.२०८३ वैशाख ११ शुक्रवार १२:२९

तस्वीर : मुलुकबाहिरको औपचारिक कार्यक्रममा जान...

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा, तत्काललाई गृहमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन्द्रले सम्हाल्ने

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा, तत्काललाई गृहमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन्द्रले सम्हाल्ने

वि.सं.२०८३ वैशाख ९ बुधवार १५:३७

काठमाडौं: गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन् । व्यापारी...

कर्मचारी आचारसंहिताको प्रभावकारी कार्यान्वयन गर्न सबै मन्त्रालय, आयोग र सचिवालयलाई सरकारको कडा निर्देशन

कर्मचारी आचारसंहिताको प्रभावकारी कार्यान्वयन गर्न सबै मन्त्रालय, आयोग र सचिवालयलाई सरकारको कडा निर्देशन

वि.सं.२०८३ वैशाख ९ बुधवार १३:२१

काठमाडौं: सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी आचारसंहिताको प्रभावकारी...

एसइई नतिजा वैशाखमै आउने

एसइई नतिजा वैशाखमै आउने

वि.सं.२०८३ वैशाख ६ आइतवार १७:४२

काठमाडौं: २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसइई) गत चैत १९...

साधन-स्रोतको पर्याप्तताविनै २२ वर्षमा सातपटक उत्कृष्ट युनिटको पुरस्कार

साधन-स्रोतको पर्याप्तताविनै २२ वर्षमा सातपटक उत्कृष्ट युनिटको पुरस्कार

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १४:१२

बहुप्रकोपको जोखिममा रहेको नेपालमा विपद् उद्धारका लागि दक्ष जनशक्ति उत्पादन...

काठमाडौंमा वाईफाइ सेवासहित रात्रिकालिन बस सेवा सुरु

काठमाडौंमा वाईफाइ सेवासहित रात्रिकालिन बस सेवा सुरु

वि.सं.२०८३ वैशाख २ बुधवार १५:४१

काठमाडौं । मंगलबारदेखि वाईफाइ सेवा सहितका रात्रिकालीन बस सेवा सुरु...