YouTube Link

गृहमन्त्रालयद्वारा निर्वाचन अवधिभर सुरक्षामा विशेष चनाखो हुन सुरक्षा निकायलाई निर्देशन

Facebook Link

 

काठमाडौं: मंसिर ४ गते हुने निर्वाचनका लागि सरकारले सुरक्षा व्यवस्था चुस्तदुरुस्त बनाउन सबै सुरक्षा निकायलाई निर्देशन दिएको छ ।

 

मनोनयन दर्ता भएपछि गृहमन्त्रालयले शीर्ष नेताहरु र उम्मेदवारहरुको सुरक्षामा विशेष ध्यान दिन र उनीहरु जाने स्थान सुरक्षित भए नभएको बारे चुस्त सूचना राख्न समेत निर्देशन दिएको छ ।

 

गृहमन्त्रालयले निर्वाचन अवधिभर परिचालन हुने सुरक्षाकर्मीको जिम्मेवारी बाँडफाँड गर्दै उम्मेदवारहरुको सुरक्षामा विशेष चनाखो हुन निर्देशन दिएको हो । यसका लागि मन्त्रालयले पुरानो र नयाँ सुरक्षा योजनालाई एक साथ राख्न र जोखिम स्थानको पहिचान गरेर सुरक्षाकर्मी खटाउने जनाएको छ ।

 

मतदानको समयमा म्यादी प्रहरीले निर्वाचनमा सहभागी मतदातालाई लाइनमा राख्ने काम गर्नेछ । सशस्त्र प्रहरीलाई जिल्ला निर्वाचन कार्यालयको सुरक्षा, जिल्ला निर्वाचन अधिकृतको सुरक्षा, उम्मेदवारको सुरक्षा, निर्वाचनपछि विजयी उम्मेदवारको सुरक्षा, मतपेटिका ढुवानी र मतपेटिको सुरक्षा लगायतको जिम्मा दिइएको छ ।

 

सुरक्षा योजना अनुसार यसपटक पनि विगतमा झैँ संवेदनशीलताका आधारमा प्रतिमतदान केन्द्र कम्तीमा आठदेखि १५ सुरक्षाकर्मी परिचालन हुनेछन् । सुरक्षाका दृष्टिले सामान्य देखिएका केन्द्रमा प्रतिमतदान केन्द्र आठ सुरक्षाकर्मी खटिनेछन् ।

 

संवेदनशील मानिएका केन्द्रमा कम्तीमा ११ र अति संवेदनशील केन्द्रमा कम्तीमा १५ सुरक्षाकर्मी परिचालन हुनेछन् । परिचालित दस्तामा म्यादी र नेपाल प्रहरीका टोली सहभागी हुनेछन् ।

 

सशस्त्र प्रहरीले पनि संवेदनशीलताका आधारमा सुरक्षाकर्मी परिचालन गरेको छ । संवेदनशील र अति संवेदनशील क्षेत्र लक्षित गरेर सशस्त्र प्रहरीले एक सय ११ स्थानमा ‘रिजर्भ फोर्स’ पनि ‘स्ट्यान्डबाई’ राखेको छ ।

 

त्यसबाहेक नेपाल प्रहरीको ‘ब्याकअप फोर्स’का रूपमा सबै मतदान केन्द्रमा सशस्त्र प्रहरी तयारीपूर्वक रहनेछ । निर्वाचन सुरक्षाका परिचालित अर्को सुरक्षा दस्ता नेपाली सेनाले पनि संवेदनशीलताकै आधरमा सुरक्षाकर्मी परिचालन गरेको छ ।

 

निर्वाचन अवधिभर सेनाले विशेषगरी भिभिआइपी, भिआइपी र उनीहरूका निवास, मुलुकभरका सबै कारागार, विमानस्थल, सबै सामरिक महत्वका क्षेत्रको सुरक्षा गर्नेछ । मतपत्र, मतदानपछि मतपेटिका सुरक्षा, मतदान बक्सको ढुवानीमा पनि सेनाका सुरक्षाकर्मी परिचालन हुनेछन् ।

 

निर्वाचनमा नेपाल प्रहरीको ७१ हजार ६९३, नेपाली सेनाका ७४ हजार र सशस्त्र प्रहरीको ३५ हजार सुरक्षाकर्मी खटाउने गृहको तयारी छ । त्यसमा म्यादी १ लाख १५ हजार पनि सँगै खटिनेछन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

वि.सं.२०८३ साउन ८ शुक्रवार ११:४४

आन्तरिक शान्ति-सुरक्षासँगै प्रमुख कार्यादेशमध्येको राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी बल,...

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...

हेर्नुहोस् आज २०८३ साउन ७ गते बिहीबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८३ साउन ७ गते बिहीबार तपाईको राशिफल

वि.सं.२०८३ साउन ७ बिहीवार ०७:२९

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

गत आर्थिक वर्षमा अन्नपूर्ण क्षेत्रमा १६९ देशका पर्यटकले गरे भ्रमण

गत आर्थिक वर्षमा अन्नपूर्ण क्षेत्रमा १६९ देशका पर्यटकले गरे भ्रमण

वि.सं.२०८३ साउन ५ मंगलवार १२:०६

गण्डकी: गत आर्थिक वर्षमा १६९ देशका पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रमा...