YouTube Link

भारत इंग्ल्याण्डमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश

World Cup 2026
Facebook Link

एजेन्सी: भारत इंग्ल्याण्डमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको खेलमा बंगलादेशलाई २८ रनले पराजित गर्दै भारत सेमिफाइनलमा पुगेको हो । भारतसँगको हारसंगै बंगलादेश भने प्रतियोगिताबाट बाहिरिएको छ । बर्मिङघममा भारतले दिएको ३ सय १५ रनको लक्ष्य पछ्याएको बंगलादेशल ४८ ओभरमा अलआउट हुँदै २ सय ८६ रनमा समेटियो ।

बंगलादेशका लागि शकिब अल हसनले ६६ तथा मोहमद साइफुदिनले अविजित ५१ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । भारतविरुद्ध खेलसंगै शकिबले एकै विश्वकपमा ५ सय बढी रन र १० बढी विकेट लिने पहिलो खेलाडीको कीर्तिमान बनाएका छन् । यस्तै बंगलादेशका सब्बीर रहमानले ३६, सौम्य सरकारले ३३ तथा मुस्फिकर रहिमले २४ रन बनाए । भारतका जस्प्रित बुम्राहले ४ तथा हार्दिक पाण्डयाले ३ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३ सय १४ रन बनाएको थियो । भारतका रोहित शर्माले शतकीय इनिङस खेले । उनले ९२ बल खेल्दै ५ छक्का र ७ चौकाको मद्दतले सर्वाधिक १०४ रन बनाए । योसंगै रोहित कम खेलमा सर्वाधिक चाँडो ५ शतक बनाउने खेलाडी बने । उनले विश्वकपको १५ इनिङ्समा ५ शतक बनाएका हुन् । यस्तै ओपनर लोकेस राहुलले ७७ रनको अर्धशतकीय ईनिङ्स खेल्दा ऋषभ पन्तले ४८, महेन्द्र सिंह धोनीले ३५ तथा कप्तान बिराट कोहलीले २६ रनको योगदान गरे । बंगलादेशका मुस्ताफिजुर रहमानले ५ विकेट हात पारे । यस्तै शकिब अल हसन, रुबेल हुसेन र सौम्या सरकारले समान १/१ विकेट हात पारे । जितसंगै भारतले ८ खेलबाट १३ अंक जोडेको छ । र, भारत तालिकाको दोस्रो स्थानमा छ । बंगलादेशले ८ खेलबाट ७ अंक जोडेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
आइपीएलको उपाधिका लागि आरसीबी र गुजरात भिड्दै

आइपीएलको उपाधिका लागि आरसीबी र गुजरात भिड्दै

वि.सं.२०८३ जेठ १७ आइतवार १०:५२

काठमाडौं: इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को फाइनल खेल आज...

सेमिफाइनलमा प्रवेशका लागि नेपाल र श्रीलंका भिड्दै

सेमिफाइनलमा प्रवेशका लागि नेपाल र श्रीलंका भिड्दै

वि.सं.२०८३ जेठ १७ आइतवार १०:४७

काठमाडौं:  साफ महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज श्रीलंकासँग खेल्दैछ ।...

आर्सनललाई हराउँदै पीएसजी बन्यो पुनः युरोपेली च्याम्पियन

आर्सनललाई हराउँदै पीएसजी बन्यो पुनः युरोपेली च्याम्पियन

वि.सं.२०८३ जेठ १७ आइतवार १०:४३

काठमाडौ‌: पेरिस सेन्ट जर्मेन (पीएसजी) ले आर्सनलविरुद्ध फाइनल खेलमा पेनाल्टी...

भोलि कतै भयानक विपद् र दंगा-फसाद आइपर्ला, त्यतिबेला सुरक्षा संयन्त्रले हात उठाइदिए भने के गर्ने ?

भोलि कतै भयानक विपद् र दंगा-फसाद आइपर्ला, त्यतिबेला सुरक्षा संयन्त्रले हात उठाइदिए भने के गर्ने ?

वि.सं.२०८३ जेठ १५ शुक्रवार ११:३०

तस्वीर प्राविधिक टिमबाट तयार पारिएको हो...

सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

वि.सं.२०८३ जेठ १५ शुक्रवार ०९:५१

काठमाडौं: सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट आज...

ओली, लेखक र गुरूङमाथि कारबाही, १७ सांसद अनुसन्धानमा

ओली, लेखक र गुरूङमाथि कारबाही, १७ सांसद अनुसन्धानमा

वि.सं.२०८३ जेठ १५ शुक्रवार ०९:३३

काठमाडौं: जेन-जी विद्रोह २०८२ का बारेमा गठित मानवअधिकार आयोगको बहुप्रतिक्षित...