सन्दीपलाई विमानस्थलबाटै समात्ने प्रहरीको तयारी
वि.सं.२०७९ भदौ २३ बिहीवार १७:३३
1.2K
shares
काठमाडौ : नाबालिका बलात्कारको आरोप लागेका सन्दीप लामिछानेलाई त्रिभुवन विमानस्थलबाट पक्राउ गर्ने प्रहरीले तयारी गरेको छ ।
काठमाडौ जिल्ला अदालतले उनीबिरुद्ध पक्राउपुर्जी जारी गरेपछि उनलाई विमानस्थलबाटै पक्राउ गर्ने तयारी प्रहरीले गरेको हो ।
हाल क्रिकेट खेल्न वेष्टइण्डिजमा रहेका नेपाली राष्ट्रिय टोलीका कप्तानसमेत रहेका सन्दीपविरुद्ध एक १७ वर्षीय किशोरीले हिजो महानगरीय प्रहरी वृत्त गौशालामा बलात्कारको आरोपमा किटानी जाहेरी दिएकी थिइन् । त्यसलगत्तै अनुसन्धान थालेको प्रहरीले अदालतलाई भनेर पक्राउ पूर्जी जारी गराएसँगै अब सन्दीप नेपाल आइपुग्ने बितिक्कै समातेर थप अनुसन्धान गर्न प्रहरीले तयारी गरेको हो ।
वि.सं.२०७९ भदौ २३ बिहीवार १७:३३




















