जिल्ला अदालतले अढाइ वर्षको जेल सजाय सुनाएपछि अभिनेता पल शाह पुनरावेदनमा जाने
वि.सं.२०७९ भदौ २२ बुधवार ०८:४४
4.5K
shares
काठमाडौं: जिल्ला अदालत नवलपरासीले अढाइ वर्षको जेल सजाय सुनाएपछि अभिनेता पल शाह पुनरावेदनमा जाने भएका छन् ।
अदालतको फैसलाप्रति असन्तुष्टि जनाउँदै उनको तर्फबाट पोखरा उच्च अदालतमा पुनरावेदन गर्ने तयारी भएको हो ।
जिल्ला अदालतले मंगलबार पल शाहले बाल यौन दुरुपयोग गरेको ठहर गर्दै उनलाई न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले अढाइ वर्षको जेल सजायका साथै १० लाख रुपैयाँ क्षतिपूर्ति र २५ हजार जरीवानाको फैसला सुनाएको छ ।
उक्त फैसलामा आफूहरु सन्तुष्ट नरहेको पल शाहका वकिल कमलामोहन वाग्लेले बताए । पीडित भनिएकी नाबालिगले पनि आफूमाथि कुनै यौन हिंसा नभएको भन्दाभन्दै अदालतले गरेको फैसलाले निजको छविमा दाग लाग्ने अवस्था आएको पनि उनले बताए ।
‘यसले पीडित भनिएकी नाबालिगमाथि पनि अन्याय भएको छ,’ उनले भने, ‘मलाई केही भएको छैन भन्दाभन्दै अदालतले तँमाथि यौन हिंसा भएको छ भनेर दाग लगाइदिनु गलत हो ।’
एक नाबालिग गायिकाले बलात्कार सम्बन्धी उजुरी गरेपछि शाह मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका छन् । ती गायिकाले नवलपुर र तनहुँमा गरी दुई ठाउँमा उजुरी दिएपछि शाहले दुई वटा जिल्ला अदालतमा एकै पीडितबाट बलात्कार मुद्दा खेपिरहेका छन् ।
वि.सं.२०७९ भदौ २२ बुधवार ०८:४४




















