बलात्कारको आरोपमा सन्दीप लामिछानेविरुद्ध प्रहरीमा उजुरी
वि.सं.२०७९ भदौ २२ बुधवार ०८:१६
3.8K
shares
काठमाडौं: यौन दुर्व्यवहारको आरोपसहित गौशाला वृत्तमा नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध उजुरी परेको छ ।
लामिछानेविरुद्ध मंगलबार साँझ जाहेरी परेको नेपाल प्रहरीका प्रवक्ता डीआईजी टेक प्रसाद राईले जानकारी दिए । बाँकी विषयमा अनुसन्धान भइरहेको उनले बताए ।
लामिछाने अहिले नेपालमा छैनन् । उनी गत ६ भदौमा टी-२० सिरिज खेल्नका लागि केन्या गएका हुन् । केन्यामा पाँच खेलको टी-२० सिरिज खेलेपछि उनी वेस्ट इन्डिजको क्यारेबियन प्रिमियर लिग खेल्न गएका थिए ।
वि.सं.२०७९ भदौ २२ बुधवार ०८:१६




















