७ क्यासिनोलाई ७ दिनभित्र मनोरञ्जन कर तिर्न महानगरको पत्र
वि.सं.२०७९ भदौ १९ आइतवार १६:३९
2.5K
shares
काठमाडौं: काठमाडौं महानगरपालिकाले ७ क्यासिनोलाई महानगरको राजश्व विभागका प्रमुख डा. शिवराज अधिकारीले पत्र काटी ७ दिनभित्र मनोरञ्जन कर तिर्न पत्र पठाएको छ ।
डेल्टिन क्यासिनो होटल, मेरियट, क्यासिनो प्यालेस अन्नपूर्ण होटल, क्यासिनो र्याट रयाडिसन होटल, प्राइड इन्टरटेनमेन्ट एन्ड रिक्रिएसन हायात होटल, माजोङ इन्टरटेनमेन्ट होटल सोल्टी, बाल्को क्यासिनो होटल एलफ्ट र बेली क्यासिनो मल्ल होटललाई महानगरले पत्र काटेको हो ।
बागमती प्रदेशको आर्थिक ऐनले क्यासिनोमा प्रवेश गर्ने ग्राहकबाट मनोरञ्जन कर लिनुपर्ने व्यवस्था गरेकामा उक्त क्यासिनोले पटक-पटक ताकेता गरे पनि हालसम्म कर नतिरेको विभागीय प्रमुख अधिकारीले बताए ।
आव २०७५/०७६ देखि हालसम्म कर नबुझाएकोले प्रदेश आर्थिक ऐनले तोकेको दररटेमा हालसम्मको बाँकी मनोरञ्जन करको विवरण र सोको नियमानुसार लाग्ने जरिवाना समेत पत्र प्राप्त भएको मितिले ७ दिनभित्र बबरमहलमा रहेको विभागमा बुझाउन महानगरले क्यासिनोहरुलाई भनेको छ ।
कर नतिरे महानगरपालिकाको राजश्व ऐन २०७५ बमोजिम कारबाही गरिने र सरकारी बाँकी सरह बाँकी कर असुलउपर गरिने उल्लेख गरिएको छ ।
वि.सं.२०७९ भदौ १९ आइतवार १६:३९




















