YouTube Link

दक्षिण र उत्तर कोरियाको सीमा क्षेत्र अवलोकन गर्दै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प

Facebook Link

एजेन्सी: जी ट्वेन्टी शिखर सम्मेलन सकेर जापानबाट दक्षिण कोरिया पुगेका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आज दक्षिण र उत्तर कोरियाको सीमा क्षेत्रका सैनिकरहित क्षेत्रको अवलोकन गर्ने भएका छन् ।

ट्रम्पले डिमिलिट्राईज्ड जोन भनिने सैनिकरहित क्षेत्रको भ्रमण गर्न लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । डीएमजेड क्षेत्रको वरपर भने ठूलो संख्यामा दक्षिण र उत्तर कोरियाको सेना परिचालन भएको छ। दक्षिण कोरियाको सेनासँगै अमेरिकी सेना पनि परिचालित छ । डीएमजेड क्षेत्रको भ्रमणको तयारी गरेका राष्ट्रपति ट्रम्पसँग दक्षिण कोरियाली राष्ट्रपति मुन जाई इनले पनि भ्रमण गर्ने बताइएको छ ।

डीएमजेड भ्रमणका क्रममा भेटघाट गर्न अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनलाई आग्रह गरेका थिए । यसबारे उत्तर कोरियाले कुनै प्रतिक्रिया दिएको छैन । तर कतिपय अधिकारीहरुले उत्तर कोरियाली नेता किम डीएमजेड क्षेत्रमा आउन सक्ने र भेट हुन सक्ने प्रतिक्रिया दिएका छन् । अमेरिकी सञ्चारमाध्यमहरुले केही समयअघि मात्रै चिनियाँ राष्ट्रपति सी जिनपिङले उत्तर कोरिया भ्रमण गरेको र जी-ट्वेन्टी शिखर सम्मेलनमा ट्रम्प र सीबीच भेटवार्ता भएका कारण उत्तर कोरियासँगको भेटको मध्यस्थता चीनले गरिरहेको अनुमान गरेका छन् । यो बीचमा अमेरिकाले चीनको हुवावे कम्पनीमाथि लगाएको प्रतिबन्ध पनि फुकुवा गरेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

वि.सं.२०८३ साउन २१ बिहीवार ११:५५

काठमाडौं: पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीले दक्षिण एसियामा न्यायपूर्ण र...

कोलम्बियामा सैन्य विमान दुर्घटना हुँदा ६६ जनाको मृत्यु

कोलम्बियामा सैन्य विमान दुर्घटना हुँदा ६६ जनाको मृत्यु

वि.सं.२०८२ चैत १० मंगलवार ११:१२

रोयटर्स: कोलम्बियामा सैन्य विमान उड्ने क्रममा दुर्घटना हुँदा ६६ जनाको...

अमेरिकी ‘एफ-३५’ युद्धविमान मध्यपूर्वको एक सैन्य अखडामा आकस्मिक अवतरण

अमेरिकी ‘एफ-३५’ युद्धविमान मध्यपूर्वको एक सैन्य अखडामा आकस्मिक अवतरण

वि.सं.२०८२ चैत ६ शुक्रवार १०:५९

एजेन्सीः इरानमाथि सैन्य कारबाही गरेर फर्किएको संयुक्त राज्य अमेरिकाको एक...

इजरायलको हमलमा इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि

इजरायलको हमलमा इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि

वि.सं.२०८२ चैत ४ बुधवार १०:५९

काठमाडौं: इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि भएको...