प्रदीप गिरीको स्वास्थलाभका लागि शुक्रबार प्रार्थना-सभा गरिदै
वि.सं.२०७९ भदौ २ बिहीवार ०८:५१
4.3K
shares
काठमाडौं: राजनीतिक विश्लेषक, नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधिसभाका सांसद प्रदीप गिरीको स्वास्थयलाभ तथा दिर्घायूको कामना गर्दै भोलि शुक्रबार प्रार्थना-सभाको आयोजना गरिने भएको छ ।
समाजवादी चिन्तक गिरी विगत लामो सययदेखि क्यान्सर रोगबाट पिडित छन् । भारतमा उपाचारपाछि स्वास्थ लाभ गरिरहेका गिरीको स्वास्थमा पुन:समस्या देखिएपछि काठमाडौंको मेडिसिटी असपतालमा भर्ना गरि उपचार भईरहेको छ ।
मेडिसिटिको आइसियुमा उपचारर्थ गिरीको स्वास्थलाभको कामना गर्दै नेपाली कांग्रेस वैचारिक अभियानले भाद्र ३ गते दिउँसो २ बजे नेपाल संस्कृतिक संघ डिल्लीबजारमा प्रार्थना-सभाको आयोजना गर्ने जनाईएको छ ।
बिचार र चिन्तनको राजनीतिलाई प्रोत्साहन गर्ने अभिप्रायले संगठित अभियानले विचारको राजनीतिबाट स्खलित नेपाली राजनितीलाई मुलबाटोमा हिडाउन नेता प्रदिप गिरी जस्ता जबर्जस्त चिन्तक देशलाई अझ बढी आवश्यक रहेकोले उहाँको पुर्ण स्वास्थ लाभका लागि प्रार्थना-सभा आयोजना गर्न लागेको कार्यक्रम संयोजक नेता युवराज खातीले बताए ।
वि.सं.२०७९ भदौ २ बिहीवार ०८:५१



















