पछिल्लो २४ घण्टामा थप ८५२ जनामा कोरोना संक्रमण पुष्टि
वि.सं.२०७९ भदौ १ बुधवार १८:१६
3.7K
shares
काठमाडौं: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा थप ८५२ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।
मन्त्रालयका अनुसार देशभर गरिएको ३ हजार ८७६ पिसिआर परीक्षणका क्रममा ५३१ जना र २ हजार ५०७ पिसिआर परीक्षणका क्रममा ३२१ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो ।
कोरोनाका कारण बुधबार कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप ३२८ संक्रमित कोरोनामुक्त भएका छन् ।
हाल नेपालमा ५ हजार ४६२ सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।
वि.सं.२०७९ भदौ १ बुधवार १८:१६




















