३० गते फेरी बस्नेगरी सकियो गठबन्धनको वैठक
वि.सं.२०७९ साउन २६ बिहीवार १७:०९
3.4K
shares
काठमाडौँ : सत्ता गठबन्धनको कार्यदल बैठक सकिएको छ । आगामी आइतबार फेरी वैठक बस्नेगरी वैठक सकिएको हो ।
आजको वैठकमा आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा सिट बाँडफाँटका लागि सहमतिको मोडालिटीबारे छलफल भएको थियो ।
आज दिउसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको कार्यदलको बैठकमा सहमतिको मोडालिटीबारे छलफल गरेको हो ।
कार्यदलमा सहभागी एक सदस्यले सिट बाँडफाँटको सहमतिका लागि मोडालिटी बनाउनेबारे छलफल भएको थियो ।
आजको वैठकमा छलफल भएको विषयमा पाँच दलले आ आफ्नो पार्टीभित्र पनि छलफल गर्ने बताईएको छ ।
वि.सं.२०७९ साउन २६ बिहीवार १७:०९



















