हृदयघातका कारण वरिष्ठ छायाँकार बिदुर पाण्डेको निधन
वि.सं.२०७९ साउन २५ बुधवार ०९:५८
3K
shares
काठमाडौं: वरिष्ठ छायाँकार बिदुर पाण्डेको बुधबार बिहान हृदयघातका कारण निधन भएको छ ।
पाण्डेलाई सीतापाइलास्थिति आफ्नै निवासमा हृदयाघात भएपछि उपचारका लागि गंगालाल अस्पताल पुर्याइएको थियो । अस्पताल पुर्याए लगत्तै चिकित्सकले मृत घोषित गरेका थिए । उनको ५४ वर्षको उमेरमा निधन भएको हो ।
‘कागबेनी’ लगायत केही फिल्म छायांकन गरेका पाण्डे म्युजिक भिडियोका लोकप्रिय छायाँकार हुन् । उनी पछिल्लो समय हिमालय टेलिभिजनमा कन्सलट्यान्टको रुपमा कार्यरत थिए ।
पाण्डेको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।
वि.सं.२०७९ साउन २५ बुधवार ०९:५८



















