YouTube Link

परराष्ट्रमन्त्री खड्काले समकक्षी वाङसँग भेट्दै

Facebook Link

 

काठमाडौँ : चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री डा. नारायण खड्काले आज चीनीया विदेशमन्त्री समकक्षी एवं चिनियाँ स्टेट काउन्सिलर वाङ यीसँग भेटवार्ता गर्दैछन् ।

 

मन्त्री खड्का वाङकै निम्तोमा हिजो राती चीन प्रस्थान गरेका थिए । उनी आज बिहान साङदोङ प्रान्तको छङ्दाओ शहर पुगेका छन् । उनी नेतृत्वको प्रतिनिधिमण्डललाई विमानस्थलमा चिनियाँ विदेश मन्त्रालयका अधिकारी, नेपाली राजदूत विष्णुपुकार श्रेष्ठलगायतले स्वागत गरेका छन् ।

 

परराष्ट्रमन्त्री खड्का ११ सदस्यीय टोलीको नेतृत्व गर्दै हिमालय एयरलाइन्सको चार्टर उडानबाट साङदोङ प्रान्तको छङ्दाओ शहर पुगेका हुन् ।

 

खड्काको टोलीमा परराष्ट्रसचिव भरतराज पौड्यालसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव सहभागी छन् । टोलीमा गृह र अर्थ मन्त्रालयका सहसचिवलगायत परराष्ट्र मन्त्रालयका अधिकारी सहभागी छन् । बेइजिङबाट नेपाली प्रतिनिधिमण्डलमा सहभागी हुन नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ छङ्दाओ पुगिसकेका छन् ।

 

शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएको एक वर्षपछि नेपाल सरकारबाट पहिलोपटक छिमेकी राष्ट्र चीनको औपचारिक भ्रमण भएको हो । वाङले गत २ कात्तिकको टेलिफोन वार्तामा परराष्ट्रमन्त्री खड्कालाई चीन भ्रमणको निमन्त्रणा दिएका थिए । परराष्ट्र मन्त्रालयले शुक्रबार खड्काको चीन भ्रमणबारे औपचारिक जानकारी दिएको थियो । औपचारिक भेटवार्ता सकेर उनी भोली स्वदेश फर्किने छन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
भिषण बाढीमा परी ९०३ जनाको मृत्यु, चार हजारभन्दा बढी बेपत्ता

भिषण बाढीमा परी ९०३ जनाको मृत्यु, चार हजारभन्दा बढी बेपत्ता

वि.सं.२०८३ भदौ १५ सोमवार १२:०३

काठमाडौं: राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशीमा आएको...

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:५८

काठमाडौं: प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टा अवधिमा एक...

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:३२

काठमाडौं: रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण अहिलेसम्म...

लाखेजात्रा फुटबलले चिनाएको ताप्लेजुङ

लाखेजात्रा फुटबलले चिनाएको ताप्लेजुङ

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:१६

  पूर्वी नेपालको किनारामा रहेको ताप्लेजुङ दुर्गम तथा पहाडी भु-भागमा...

रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

वि.सं.२०८३ भदौ १० बुधवार १६:५७

काठमाडौं: रसुवा बाढीमा परि २९१ विदेशी नागरिकसहित ३८४ जना यात्रु...