YouTube Link

परराष्ट्रमन्त्री खड्काले समकक्षी वाङसँग भेट्दै

Nepali Sena Suvakamana Dashain
Facebook Link

 

काठमाडौँ : चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री डा. नारायण खड्काले आज चीनीया विदेशमन्त्री समकक्षी एवं चिनियाँ स्टेट काउन्सिलर वाङ यीसँग भेटवार्ता गर्दैछन् ।

 

मन्त्री खड्का वाङकै निम्तोमा हिजो राती चीन प्रस्थान गरेका थिए । उनी आज बिहान साङदोङ प्रान्तको छङ्दाओ शहर पुगेका छन् । उनी नेतृत्वको प्रतिनिधिमण्डललाई विमानस्थलमा चिनियाँ विदेश मन्त्रालयका अधिकारी, नेपाली राजदूत विष्णुपुकार श्रेष्ठलगायतले स्वागत गरेका छन् ।

 

परराष्ट्रमन्त्री खड्का ११ सदस्यीय टोलीको नेतृत्व गर्दै हिमालय एयरलाइन्सको चार्टर उडानबाट साङदोङ प्रान्तको छङ्दाओ शहर पुगेका हुन् ।

 

खड्काको टोलीमा परराष्ट्रसचिव भरतराज पौड्यालसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव सहभागी छन् । टोलीमा गृह र अर्थ मन्त्रालयका सहसचिवलगायत परराष्ट्र मन्त्रालयका अधिकारी सहभागी छन् । बेइजिङबाट नेपाली प्रतिनिधिमण्डलमा सहभागी हुन नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ छङ्दाओ पुगिसकेका छन् ।

 

शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएको एक वर्षपछि नेपाल सरकारबाट पहिलोपटक छिमेकी राष्ट्र चीनको औपचारिक भ्रमण भएको हो । वाङले गत २ कात्तिकको टेलिफोन वार्तामा परराष्ट्रमन्त्री खड्कालाई चीन भ्रमणको निमन्त्रणा दिएका थिए । परराष्ट्र मन्त्रालयले शुक्रबार खड्काको चीन भ्रमणबारे औपचारिक जानकारी दिएको थियो । औपचारिक भेटवार्ता सकेर उनी भोली स्वदेश फर्किने छन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वि.सं.२०८३ असोज ३० शुक्रवार १७:०४

गृहमन्त्री सुधन गुरुङले देशमा शान्ति-सुरक्षा कायम गर्ने एवम् अपराध नियन्त्रण...

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:४५

दशै नेपालीहरुको एक महत्वपूर्ण सांस्कृतिक पर्व हो । यसले असत्यमाथि...

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:०९

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित...

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

वि.सं.२०८३ असोज २७ मंगलवार १७:३१

काठमाडौं: नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि भएको चुनावमा...

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

वि.सं.२०८३ असोज २७ मंगलवार १५:५८

ओखलढुंगा: ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका वडा नम्बर ७ रावादोलुमा दुई दिने...

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

वि.सं.२०८३ असोज २७ मंगलवार १२:१८

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य खगेन्द्र...