राष्ट्र बैंकले ७ अर्ब १० करोडको ट्रेजरी बिल बिक्री गर्दै
वि.सं.२०७९ साउन २३ सोमवार १७:१७
4.7K
shares
काठमाडौं: नेपाल राष्ट्र बैंकले ७ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले ९१ दिनका लागि उक्त बिल बिक्री गर्न लागेको हो ।
बोलकबोल ट्रेजरी बिलको साउन २४ गते अर्थात् मंगलबार बिक्री हुनेछ । इच्छुक बैंक तथा वित्तीय कम्पनीहरु तथा व्यक्तिगत फर्म कम्पनी लगायतलाई बिल खरिदका लागि बैंकले अनलाइन आवेदन खुल्ला गरेको छ ।
२०७९ साउन २४ मा जारी हुने ट्रेजरी बिल कात्तिक २२ गते परिपक्क हुने बैंकले जनाएको छ । यसअघि बैंकले दुईपटक गरी २५ अर्ब २० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल खरिद गरिसकेको छ ।
पहिलो पटक १५ अर्ब १० करोड बिल बिक्री गरेको बैंकले अधिकतम् १२ प्रतिशत ब्याजदर प्रदान गरेको थियो भने पछिल्लोपटक १० अर्ब १० करोड जारी गरेकोमा बैंक तथा वित्तीय संस्थाहरुले मनलाग्दी ब्याजदर अफर गरेको भन्दै राष्ट्र बैंक आफैले राखेको थियो ।
राष्ट्र बैंकमार्फत सरकारले ट्रेजरी बिल जारी गरेर अल्पकालीन आन्तरिक ऋण उठाउने गर्छ ।
वि.सं.२०७९ साउन २३ सोमवार १७:१७




















